सामसङ इलेक्ट्रोनिक्सले ल्यायो खुशी फर्की आयो योजना

सामसङ टिभि तथाहोम अप्लाइन्सहरुको खरिदमा ३३ प्रतिशतसम्म छुटको व्यवस्था


काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले महान् पर्वहरु दशैं, तिहार र छठलाई लक्षितगर्दै ‘सामसङ, खुशी फर्की आयो’ योजना प्रस्तुत गरेको छ । यस योजनाअन्तर्गत हरेक सामसङ टिभि तथाहोम अप्लाइन्सहरुको खरिदमा विशेष छुटको व्यवस्था गरिएको छ । यो फेस्टिभ प्राइस अन्तर्गत २२प्रतिशतदेखि ३३प्रतिशतसम्मको छुटमा सामसङका एलईडी टिभि तथा १२ देखि २२ प्रतिशतसम्मको छुटमा सामसङका होम अप्लाइन्सहरु खरिद गर्न सकिने छ ।

ग्राहकले टिभिको वारेन्टीलाई दर्ता गर्न सामसङको ग्राहक सेवा केन्दमा टोल फ्री नम्बर १६६००१७२६६७ वा ९८०१५७२६६७ मा सम्पर्क गरी टिभिको मोडेल नम्बर, खरिद मिति र बिल नम्बर तथा टिभिमा भएको सिरियल नम्बर उपलब्ध गराउनु पर्नेछ ।सामसङका निश्चित टिभिहरुमा २ वर्षको वारेन्टी सुविधा पनि उपलब्ध हुने छ । सामसङका २४एच४००३, ३२एफएच४०००३ तथा के सिरिज र एम सिरिजका सबै एलइडी टिभीहरुमा २ वर्षको वारेन्टी सुविधा उपलब्ध हुने छ ।

यो योजना हिम इलेक्ट्रोनिक्स तथा त्रिवेणी व्यापारले प्रस्तुत गरेका हुन् । योजना कात्तिक १४ गतेसम्म सामसङ इलेक्ट्रोनिक्सका आधिकारिक स्टोरहरुमा मात्र लागू हुनेछ ।

यो योजना नेपाल अधिराज्यभर लागू गरिएको छ । सामसङकाआधिकारिक स्टोरहरुमागई खरिद गर्दा मात्र यो योजनालागू हुने छ । इ-कमर्स साइट वा वेभ साइटमार्फत् खरिद गर्दा तथा विज्ञापनमा उल्लेखगरिए भन्दाअन्य आउटलेटहरुमा गई खरिद गर्दा यो अफर लागू हुने छैन ।

– अनलाइन खबर

यी समाचार पनि पढ्नुहोस्
Scroll Up