सरकारको मन्त्रीमण्डल विस्तारको निर्णय सच्याऊ निर्वाचन आयोग सल्लाह

३ असोज, काठमाडौं । निर्वाचन आयोगले पछिल्लो मन्त्रीमण्डल विस्तारले निर्वाचन आचारसंहिता उल्लंघन भएको ठहर गरेको छ । साथै निर्णय सच्चाउन आग्रह गरेको छ । आयोगले यसले निर्वाचनको स्वच्छता, मर्यादा र स्वच्छ प्रतिस्पर्धा कठित हुने ठहर गरेको छ ।

‘मन्त्रिपरिषद् विस्तार गर्ने निर्णयबाट निर्वाचनको स्वच्छता, मर्यादा र स्वच्छ प्रतिस्पर्धा कुण्ठित हुने, राज्यका संवैधानिक निकायहरुबीच संवैधानिक दायित्व बमोजिमका शक्ति सन्तुलन तथा पृथकीकरणको सिद्धान्तको अबमूल्यंन हुने र निर्वाचन अचारसंहिता प्रतिकुल हुने भएकाले मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय अविलम्ब सच्याउन आग्रह गर्दछ’ आयोगले भनेको छ ।राप्रपा प्रजातान्त्रिकबाट दुई राज्यमन्त्री थप गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमण्डल विस्तार गरेका थिए ।

यी समाचार पनि पढ्नुहोस्
Scroll Up