वीरगन्ज महानगरको मेयर र उपमेयरमा राजपाको अग्रता कायमै (अपडेट)

वीरगन्ज : तेश्रो चरणमा भएको स्थानीय तह निर्वाचनमा सबै भन्दा बढी चासोमा रहेको प्रदेश नम्बर –२ को एक मात्र महानगरपालिका वीरगन्जको मेयर र उपमेयरमा राष्ट्रिय जनता पार्टी (राजपा)ले अग्रता कायमै राखेको छ। बुधबार दिउँसो सवा २ बजे गणना गरिएको ५२८७ मतको परिणाम अनुसार मेयरमा राजपाका उम्मेदवार राजेशमान सिंह १४ सय २५ मतका साथ अग्रस्थानमा छन्। उनलाई नेपाली कांग्रेसका उम्मेदवार अजय द्विवेदीले १२ सय २८ मतका साथ पछ्याइरहेका छन्।
यस्तै उपमेयरमा पनि राजपाकै उम्मेदवार रम्भा मिश्राको अग्रता रहेको छ। उपमेयरमा राजपाकी उम्मेदवार मिश्राले १४०३ मत ल्याएकी छिन्।
उपमेयरमा कांग्रेसकी उम्मेदवार शान्ति कार्की १३ सय १४ मतका साथ दोश्रो, फोरम नेपालकी उम्मेदवार पिंकी यादव ६६८ मतका साथ तेश्रो , एमालेकी उम्मेदवार सोफिया आचार्य ५९३ मतका साथ चौथो, माओवादी केन्द्रकी उम्मेदवार दुर्गा क्षेत्री ४३८ मतका साथ पाँचौ र लोकतान्त्रिक फोरमकी उम्मेदवार रिंकु यादव ३०७ मतका साथ छैठौं स्थानमा छिन्।
कुल एक लाख आठ हजार पाँच सय एक मतदाता रहेको वीरगन्ज महानगरमा सोमबार भएको निर्वाचनमा ८४ हजार तीन सय ६३ मत खसेको थियो। वीरगन्ज महानगरपालिको वडा नम्बर १, २ , ३ , ४ , ३०, ३१ र ३२ को मतगणना भइरहेको छ। अन्नपूर्ण पोस्ट