फिदिममा प्रमिला रार्इ

फिदिम : ‘नेपाल आइडल’को उत्कृष्ट ७ सम्म पुगेकी प्रमिला राईले शुक्रबार साँझ पुख्र्यौली जिल्ला पाँचथर सदरमुकाम फिदिममा आफ्नो सुमधुर स्वर पस्केर उपस्थित दर्शकलाई भरपूर मनोरञ्जन दिएकी छन् । नेपाल आइडलबाट बाहिरिए पनि सांगीतिक क्षेत्रमा राम्रो चर्चा पाएकी प्रमिला गृहनगर पुग्दा उनलाई सुन्न र हेर्न ठूलो मात्रामा दर्शक उपस्थित थिए ।

फालेलुङ गाउँपालिकाका पहिरोपीडितको सहयोगार्थ आयोजित सांस्कृतिक कार्यक्रममा प्रमिला पुगेकी हुन् । कार्यक्रममा उनले ‘चौबन्दीमा पटुकी’, ‘बिर्सेको छैन’ र ‘मलाई अँगालिदेऊ’ बोलको गीत गाएर आफ्नो जिल्लावासी फ्यानलाई दंग पारिन् ।

सो अवसरमा गायक उदय नेम्बाङ, सुरज मादेन, राजनपल राईलगायत स्थानीय कलाकारको पनि प्रस्तुति रहेको थियो । चलचित्र सायाबुङ निर्माण परिवार, किरात राई यायोक्खा, किरात राई विद्यार्थी संघ र न्यु वरदान संगीतालयले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रमबाट संकलित रकम फालेलुङका पहिरोपीडितलाई प्रदान गरिने आयोजकले जनाएको छ ।

यी समाचार पनि पढ्नुहोस्
Scroll Up