नोवेल पुरस्कार फिर्ता गर्न दबाब आएपछि सुकी राष्ट्रसंघ महासभामा सहभागी हुने कार्यक्रम रद्द

याङगुन : म्यानमारका राज्य सल्लाहकार एवम् विदेशमन्त्री आङ सान सुकी संयुक्त राष्ट्रसंघको महासभामा सहभागी नहुने भएकी छिन् । उनले उक्त सभामा आफ्नो उपस्थिति रद्द गरेको म्यानमार सरकारले बुधबार नै जनाएको थियो । म्यानमारमा देखिएको स्थानीय रोहिङ्गा समुदायका नागरिकसम्बन्धी विवादका कारण राजनीतिक रुपमा विवाद उत्पन्न भएकोले उनले भ्रमण नै रद्द गरेकी हुन ।

तर उनको यस कदमको विश्व समुदायले भने आलोचना गरेको छ । विश्व समुदायले सुकीले राखिनको बारेमा सार्वजनिक रुपमा जवाफ दिनुपर्ने भएकोले यसबाट पन्छिन खोजेको आरोप अधिकारवादीहरुले लगाएका छन् ।

उनी जस्तो प्रजातन्त्रवादी नेता एवम् नोवेल पुरस्कार विजेता व्यक्ति मुलुकको राज्यसत्तामा हुदा नागरिक यसरी देशबाटै लखेटिनुपर्ने अवस्था आउनु दुःखद हो भन्दै उनको आलोचना गरिएको छ । कतिपयले त उनले प्राप्त गरेको शान्तिका लागि नोबेल पुरस्कार नै फिर्ता गर्नुपर्ने माग पनि राखेका छन् । रासस/सिन्ह्वा

यी समाचार पनि पढ्नुहोस्
Scroll Up