डा.मसहुर गुलाटी नयाँ शो लिएर आउँदै, ‘द ड्रामा कंपनी’ बन्द हुने

एजेन्सी: ‘द कपिल शर्मा शो’ मा डा.मशहुर गुलाटीको भूमिका गरेर निक्‍कै चर्चा बटुलेका सुनील ग्रोबर पुन: नयाँ टेलिभिजन कार्यक्रम लिएर आउने भएका छन्। उनले अहिले गर्दै आएका कृष्णा अभिषेकका शो ‘द ड्रामा कंपनी’ लाई विस्थापित गरेर नयाँ टेलिभजन कार्यक्रम ल्‍याउन लागेको भारतीय सञ्‍चारमाध्‍यमले जनाएको छ।

द ड्रामाका निर्माता प्रीति सिमोसले एक विज्ञप्ति निकाले सो कुराको पुष्टि गरेका हुन्। उनले विज्ञप्तिमा भनेका छन्, ‘हामीले ड्रामा कम्पनीलाई केही दिनका लागि मात्रै देखाउने योजना बनाएका थियौ। यो मिहनाको अन्तिमसम्‍ममा यो शो सायद बन्द हुन्छ होला।’

साथै उनले नयाँ शोको शुभ संकेत दिँदै अब सुनील ग्रोबरको नयाँ योजना अनुसार नै आउने बताए। यस्तै भारतीय सञ्‍चारमाध्‍यमहरुले उक्त शो लाई प्रीति सिमोसले नै नयाँ प्रोजेक्टको रुपमा ल्‍याउन लागेको दावी गरेका छन्। यसअघि सुनील लगायतका चर्चित भारतीय कमेडी कलाकारहरु किकू भावी लगायतले विवादका कारण द कपिल शर्मा शो छाडेका थिए।         अन्नपूर्ण पोस्ट

यी समाचार पनि पढ्नुहोस्
Scroll Up