घुम्टोले छेकेन भोटलाई

महोत्तरीः मधेसमा गृहिणी महिला घरभित्रैको कामकाजमा व्यस्त हुन्छ। कुनै चार्ड पर्व, मेला, बिशेष उत्सव बाहेकका कार्यक्रममा बाहिर निस्किन पाउँदैनन् । पाइहाले पनि घुम्टो ओडे्र निस्किनु पर्ने हुन्छ। सोमबारको दिन गृहिणी महिलाको लागि एउटा उत्सवर्क रुपमा देखियो।गृहिणी महिलाहरु मतदान स्थल सम्म पुगेर जनप्रतिनिधि छनौट गर्न मतदान गरे। घरबाट बाहिर निस्किेदेखी घुम्टोमा अनुहार लुकाएर मतदना स्थल सम्म आइपुगिन्। बिजलपुरकी २५ बर्षीया रेखा देवीले घुम्टो भित्रैबाट मतदाता परिचय पत्र रुजु गराइन्।

उनको मतदाता परिचय पत्र रुजुपछि मतपत्र दिइयो। उनले घुम्टो भित्रैबाट मन पर्ने उमेदारको चुनाव चिन्हमा स्वस्तिक छाप लगाइन्। मतपत्र पट्यार घुम्टो भित्रैबाट मतपेटीमा खसालिन्। र घरको बाटो लागिन्। रेखा एक प्रतिनिधि पात्र मात्र हुन् घुम्टो भित्रबाट मतदान गर्ने । उनी जस्ता मधेसमा लाखौं महिलाले सोमबार घुम्टो भित्रैबाट मतदना गरेर उमेदार छाने।

किसाननगरकी सन्झा देवी यादव भन्छिन्,‘पुखौंदेखी चल्दै आएको घुम्टो प्रथा उल्लघंन गर्ने बुहारीलाई समाजले राम्रो मान्दैन। त्यसकारण घरदेखि शहर सम्म मधेसी महिलाहरु घुम्टो भित्रैबाट जीवन चलाउछिन्।’

बलबल्ल महिनौं दिनमा एक दिन घरबाट बाहिर आउँदा पनि महिलाले घुम्टो तान्नु पर्ने कुसंस्कारले मधेसका महिलाहरुलाई घरमै सीमित बनाएको बर्दिबास नगरपालिका वाड नम्बर २ की महिला पदकी उमेदवार रंगिता कर्ण बताउँछिन्।

महिलाको घुम्टोसंग पुरुषको समाजमा इज्जत जोडिएको हुन्छ। महिलाले घुम्टो हालेन भने ‘फलोनोको श्रीमति, बुहारीले नाकै कटायो। मुख देखाउँदै हिड्छ’भनेर समाजका अन्य मानिसहरुले ती महिलाका अभिभावको खिलाप गर्ने गरेको कारण मधेमा घम्टो प्रथाले जडा गडेको बर्दिबास अन्तर पार्टी सञ्जालकी अध्यक्ष सारदा थापाले बताइन्।

जति पढेलेखेपनि घुम्टो प्रथा मान्नु पर्ने मधेसमा एउटा चलन रहेको बर्दिबासका युवा अवधेस झा बताउँछन् । ‘घुम्टो प्रथा मधेसको कुसंस्कार हो। चुनावबाट जित्ने जनप्रतिनिधिले यस बिषयमा अभियान चलाउनु पर्छ । जनचेतना जगाउनु पर्छ’ मधेसमा पुरुष मान्छेहरुले यहाँका महिलाहरुलाई घुम्टो प्रथाको निरन्तरता दिएर महिलाहरुलाई नजरबन्दमा राखे जस्तै छ। अन्नपूर्ण पोस्ट

यी समाचार पनि पढ्नुहोस्
Scroll Up