गृहजिल्ला रौतहट पुगेर माधव नेपालले भने– एमाले मधेश बिरोधी होइन

रौतहट– स्थानीय तहको तेस्रो तथा अन्तिम चरणमा हुन लागेको २ नम्बर प्रदेशको चुनाव प्रचारको अन्तिम दिन एमाले बरिष्ठ नेता माधव नेपालले आफ्नो गृहजिल्ला रौतहट पुगेर आफ्नो पार्टीलाई जिताउन आग्रह गरेका छन् ।  झण्डै डेढ वर्षदेखिको मधेस आन्दोलनमा एमाले आन्दोलन विरोधी देखिए पनि नेता नेपालले आफूहरु मधेस विरोधी नभएको भन्दै स्पष्ट पार्न खोजे ।

नेता नेपालले शुक्रबार रौतहटको बौधिमाई नगरपालिका अन्तरगतमा चुुनावीसभालाई सम्बोधन गर्दै एमालेलाई मधेश बिरोधी नभई मधेशीको सच्चा साथी भएको उल्लेख गरे । उनले मधेशीलाई राष्ट्रपति उपसभामुख बनाउने पहिलो पार्टी एमाले भएको भन्दै भन्दै एमाले मधेशीको मित्र रहेको भन्दै मतदातालाई आकर्षण गर्न खोजे ।

एमाले नेता नेपालले बृद्धभत्ता, अपाङ्ग भत्ता, बिधवा भत्ता आफ्नै पार्टीले दिन सुुरु गरेको र अब एमालेको सरकार बनेमा प्रति महिना पाँच हजार बनाउने भन्दै आश्वासन पनि बाँडे । २०५१सालमै एमालेको सरकारले आफनो गाँउ आफै बनाउ अभियान अन्तरगत प्रत्येक गाबिसमा तीनलाख पठाउन सुुरु गरेको एमालेको सरकार बनेमा प्रत्येक वडामा पाँच करोड पुुर्याउने उनले उद्घोषसमेत गर्न भ्याए ।

बोधिमाइ नगरपालिकामा आयोजित चुनावी सभाअघि नेता नेपालले झुुनखुुन्वा, हजमिनिया, बलुुआ र बैरियास्थित  चुुनावी सभालाई सम्बोधन गरेका थिए । चुनाव प्रचारको अन्तिम दिन एमालेका  सबैजसो केन्द्रीय नेताहरु दुई नम्बर प्रदेशमा झरेका छन् । रातोपाटी

यी समाचार पनि पढ्नुहोस्
Scroll Up