गायिका मिलन अमात्यले गरिन् डिभोर्स

कारण दिपक लिम्बुसँगको अफेयर !


जहिलेम्म संसारमा रहन्छन् घाम जुन तारा..तिम्रै प्रियसी म सदा…

यो मीठो गीत गाएर चर्चामा आएकी गायिका मिलन अमात्य आफ्नै जीवनमा भने सदाका लागि पति मेन्सन अमात्यकी पि्रयसी बन्न सकिनन् । केही दिनअघिमात्र नेपाल आइडलमा अतिथी कलाकारका रुपमा उपस्थित भएकी मिलन अमात्यले सहकर्मी गायक दिपक लिम्बुको पि्रयसी बन्नका लागि मेन्सनसँगको सम्बन्धलाई बिराम दिएकी हुन् ।

मिलन र दिपक केही समययता प्रेम सम्बन्धमा छन् ।करीव ६ वर्षको वैवाहिक जीवनलाई अन्त गर्दै मिलन र मेन्सनले काठमाडौं जिल्ला अदालतमा सम्बन्ध बिच्छेद गरेका छन् ।

मिलनले आफ्नो व्यवसायिक जीवनमा मेन्सनले साथ नदिएको गुनासो गर्दै आएकी थिइन् । उनी नयाँ पुस्ताकी चर्चित गायिका हुन् । अन्तमा उनैले गाएको गीतको यो अंश पनि उनको अबको जीवनमा लागु हुनेछ, जसका लागि उनले मेन्सनलाई त्यागिन् ।

माया गर्नुनै भूल हो कि मायालु..तर तिमी बिना यो मन मान्दैन… ।

यी समाचार पनि पढ्नुहोस्
Scroll Up