कांग्रेस उम्मेदवार झाको घरमा लाखौँको चोरी

३० भदौ, सप्तरी । जिल्लाको राजविराज–१ उम्मेदवारको घरमा चोर िभएको छ । स्थानीय तह निर्वाचनका उम्मेदवार आनन्द झाको घरमा चोरी भएको हो । उनी राजविराज नगरपालिका–१ मा नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्षका उम्मेदवार छन् ।

मंगलबार राति जितिया पर्वको अवसरमा घरका सबै सदस्य छिमेकमा भइरहेको नाच हेर्न गएको बेला मौका छोपेर चोरले घरको मुख्य द्वारमा लगाइएका तीनवटा ताला तोडेर चोरी गरेको पीडितले बताएका छन् ।

झाको घरबाट नगद रु एक लाख, १० तोला सुन, एक किलो चाँदी र एउटा एपल मोबाइललगायतका सरसमान चोरी भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यता चोरी गर्ने गिरोहको तीव्ररुपमा खोजी कार्य भइरहेको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए । अनलाइन खबर 

यी समाचार पनि पढ्नुहोस्
Scroll Up