अफगानिस्तानमा ७७ जना विद्रोही मारिए

काबुल, २ असोज / अफगानिस्तानको सुरक्षा फौजले गरेको सुरक्षा कारबाहीका क्रममा देशभरी गत चौविस घण्टामा ७७ जनाभन्दा बढी विद्रोहीहरू मारिएका छन् ।

रक्षा मन्त्रालयले सोमबार जारी गरेको वक्तव्यमा अरु ७३ जना विद्रोहीहरू घाइते भएको पनि उल्लेख गरिएको छ । वक्तव्यमा भनिएको छ, “अफगानी सुरक्षा फौजले १६ वटा सुरक्षा सफाई अभियान चलाएको थियो भने १४ विषेश सुरक्षा कारबाही चलाएको थियो । ती अभियानहरू देशभरका १४ प्रान्तमा गत चौविस घण्टामा भएको हो । ”

वक्तव्यमा थप लेखिएको छ, “ती सबै सुरक्षा कारबाहीका क्रममा ७७ जना विद्रोही लडाकू मारिएका छन् भने ७३ जना घाइते र ६ जना गिरफ्तार भएका छन् ।” सरकारी सुरक्षाकर्मीहरूले केही हातहतियार र विस्फोटक पदार्थहरू पनि नियन्त्रणमा लिएर सुरक्षा कारबाहीको सिलसिलामा नष्ट गरिएको सुरक्षा अधिकारीहरूले जनाएका छन् । साथै लडाकूहरूले प्रयोग गर्ने २९ ओटा मोटरसाइकल पनि सुरक्षाकर्मीले नष्ट गरिदिएको समाचारमा उल्लेख छ ।

यी समाचार पनि पढ्नुहोस्
Scroll Up