प्रीय तिम्रो जिवनको हिस्सा भएर……………………

कविता

यी किस्सा हरु काफी छन

 

प्रीय तिम्रो जिवनको हिस्सा भएर

तिम्रो दुख सुखमा साथ दिएको

यो अन्तरालमा त

थुप्रै क्यालेन्डर फेरिएछ नि

धेरै कुरा फेरियो

समय निक्कै पर पुग्यो

कति आफ्ना हरु पराइ भए

कति पराइ हरु आफ्ना भए

तर तिमिलाइ मैले निरन्तर – निरन्तर

किनारा ले नदिलाइ जुनसुकै बेला

साथ नछाडे झै

तिम्रो सुखमा दुखमा तिम्रो हात

कैले पनि छोडिन प्रीय

के अब फेरि तिमिलाइ एक दिनको

भोको पेटले आयु मागिरहन पर्छर

जिवनको यी किस्साहरु काफी छन

तिम्रो चिराआयुको लागि।

 

आज भन्दा चार बर्ष पहिला ठिक आजकै

दिन

तिमिले पर निरमायाको भट्टी पसलबाट

निखुर कोदोको वासुम र हेम्मा ल्याएर

तेहि कुखुराको खुट्टा पखेटाशीत हामीले

तिम्ले मेरो र मैले तिम्रो आयु मागेको है

न रातो सारी थियो हामी शीत न रातो चुरा

थियो तिमी र यसरी छुट्टीएर बसिन्जेल

सम्हालेर राख्ने खुशिहरु

करोडौं को मुस्कान हरु

बेप्रबाह जिवनको पाटोहरु

तिमी म र हाम्रो एक प्रेम नगरी

यी किस्सा हरु काफी छन प्रीय ।।

 

त्यसैले प्रीय मैले भोको पेटमा

तिम्रो चिरायुको कामना गर्न सकिन

मेरो राती सारिको रङ तिम्रै रगतले

दौडाइरहेछ

मेरो खुशिको हिस्सा तिम्रै मुटुले बोकिरहेछ

अनि म यहाँ एक्लै कसरी खुशी हुन सकु

सजिएर रातो सारिमा

रोएको बेला प्रेम नगरी हाम्रो बियोगमा

तिमी र म संगै बाचेका जिवनको भागहरु

काफी छन सम्झिएर बाच्न

मैले तिमिलाइ र तिमिले मलाई दिएको

त्यो साथको पलहरु ती किस्साहरु काफी

छन

हो प्रीय मैले भोको पेटमा

तिम्रो चिराआयुको कामना गर्न सकिन प्रीय

 

 

सुमित्रा अश्रुधारा

काठमाडौं

यी समाचार पनि पढ्नुहोस्
Scroll Up