इपियस का कारण पीडित मजदुर

कोरिया मा अहिले हामी नेपाली समुदाय बिचमा समाजसेवी हरु बहुसंख्यक मात्रा मा देखिन्छन। खासगरि फेसबुक तिर यसो गरे उसो गरे भनेर मजदुर हितैसी भएका कुरा सबै तिर प्रयाप्त मात्रा मा सुन्न पाईन्छ।हाम्रो समुदाय का विभिन्न चुनाव मा मजदुर मैत्री हुनेछु/ बनाउनेछु भनेर भन्ने गरेको पनि देख्न/ सुन्न मा आएको छ।

हामि कोरिया मा इपियस का कारण पीडित मजदुर को सवाल केवल एउटा कि हाम्रा समाजसेवी हरुले आफुले गर्ने समाज सेवा जुन हामी आम मजदुर को हितैसी छ भन्नुहुन्छ भने एमटियु ले मजदुर को हित को लागि आवाज उठाउन आयोजना गर्ने कार्यक्रम मा यहाहरु को उपस्थिति त न्यून नै हुन्छ र सपोट पनि दुर दुर सम्म देखिदैन मजदुर कै तप्का बाट आउने भए पनि कति ले त आफुलाई मजदुर नै मान्दैन। एमटियु को कार्यक्रम मा गएर ब्याच, खादा र अतिथि को आसन मा आसिन हुन पाउदैन ,र्‍याली मा गएर भुई मा बस्नु पर्छ भन्ने भएर यहाँ हरुले चासो न दिएको होकि या कार्यक्रम मा सहभागी हुने बितिक्कै पद पाउनु पर्छ एमटियु मा पाईदैन भन्नेधारणा राखेर उपस्थिति हुन नचाहनु भएको हो बुझ्न अलि गाह्रो भयो।

हामी आफ्नो समुदाय मा या नेपाल मा जुनसुकै ओहदामा भए पनि कोरिया मा काम गर्न आए पछि एउटा मजदुर हो त्यो पनि स्थर हिन मजदुर हाम्रो हैसियत इपियस का कारण ले गर्दा एउटा दास को जस्तो बनाईदिएको छ त्यो पनि आधुनिक युग को दास को जस्तो कोरिया मा साहुले उठ् भने उठने , बस भने बस्ने आफुखुसि त सास पनि लिन गाह्रो होला जस्तो बनाइ दिएको छ इपियस ले हामी प्रवासि मजदुर का लागि।

यदि हाम्रा समाजसेवी हरु साच्चिकै मजदुर हितैसी र मजदुर को लागि केहीगर्न का लागि लागि परेकै हो भने सबै जना प्रवासी मजदुर ले एमटियु ले आफुखुशी कम्पनी परिवर्तन गर्न पाउने सहित को wps को लागि भोलि २० तारिक दिउँसो ठिक २:३० बजे सउल छोङगाक म आह्वान गरेको बृहत दवाव मुलक कार्यक्रम मा अनिवार्य रुप मा उपस्थित हुनु जरुरी देखिन्छ । अन्यथा हाम्रा समाज सेवि को समाज सेवा र फेसबुक भनेको मजदुर मुखी/ मजदुर हितैसी जस्ता शब्द चाहिँ फेसबुक का गफ मा मात्र सिमित हुने छन।

भोलि को उपस्तिथि के का लागि?

१:- आफू खुशी कम्पनी परिवर्तन गर्न पाउने नियम सहित को wps का लागि दवाव शृजना गर्न।
२:- कोरिया मा कार्यस्थल मा अनेक दुव्र्यवहार, गालिगलौच कुटपिट हिंसा सहन बिबस हामी प्रवासी मजदुरको उत्थान का लागि
३:- कार्यस्थल मा बिबिध कारण ले कामगर्न असमर्थ भए पनि पीडा दवाएर बस्न बिबस हामि प्रवासि मजदुर को उत्थानका लागि।
४:- १३/१३ घण्टा दिनहुँ र महिना भरी ( ३०दिन) काम गरेर पनि बेसिक तलव मा काम गर्न बिबस हामी प्रवासी मजदुर को उत्थानका लागि।
५:- योन दुव्र्यवहार को सिकार हुन बिबस महिला दिदी बहिनी को उत्थानका लागि।
६:- थोत्रा कन्टेनर /फिनिल हाउसु ( ट्वालेट बाथरुम, पानी , बोइलर नभएको) को लाखौ सुल्क तिरेर बस्न बिबस हामि प्रवासी मजदुर को उत्थानका लागि।
७:- विभिन्न झुटा आरोप लागाएर गैरकानुनी बनाइएका/ सजाय भोग्न बिबस हामि प्रवासी मजदुर को उत्थानका लागि।
८:- कोरिया मा विभिन्न जातीय, बर्णिय र अन्य विभिन्न प्रकारका भेद भाव खेप्न बिबस हामी प्रवासी मजदुर को उत्थानका लागि।
९:- कोरिया मा बढदै गैराखेको औद्योगिक दुर्घटना, आत्महत्या का घटना घट्न नदिन सम्बन्धित निकाय(कोरिया सरकार ) लाई पहल कदमी तथा सत्य तथ्य पत्ता लगाई दोसि माथी कार्वाही लागि दवाव शृजना गर्न।
१०:- काम गरे बाफत को उचित ज्याला नपाएर महिनौ दु:ख खेप्न बिबस हामी प्रवासी मजदर को उचित ज्याला प्राती को आगि दवाव शृजना गर्न का लागि।
११:- कोरिया मा मजदुर को रुपमा बिना सर्त लामो समय मजदुरि गर्न पाउने अधिकार प्राप्ती का लागि दवाव शृजना गर्न।
१२:- कृषि तिर को बिबेधी कानुन को धारा ६३ खारेजि को लागि दवाव शृजना गर्न।

मजदुर का ३ अधिकार सुनिश्चितता को लागि दवाव शृजना गर्न र विभिन्न हक अधिकार सुनिश्चित भइ कोरिया मा एक स्वतन्त्र मजदुर को रुप मा जीवन यापन गर्न पाउने अधिकार सुनिश्चितता को लागि दवाव शृजना गर्न। सहभागी बनौ।

मधुसूदन ओझा
प्रचार प्रसार बिभाग प्रवासी मजदुर संगठन (एमटियु)

यी समाचार पनि पढ्नुहोस्
Scroll Up