गजल

 

जुनीजुनी तिम्रो हृदयको रानी बनौंला

संसार हेर्ने ती आँखाका नानी बनौंला

यो नाता यो साइनो, अमर रहिरहनेछ

तिमी लेख किताब म कहानी बनौंला

हराभरा फुल्नु पर्छ पिरतीका फूलहरू

चैतको खडेरीमा शीतल पानी बनौंला

हातमा हात मिठो साथ रहोस् निरन्तर

म पनि सधैं असल अनि ज्ञानी बनौंला ।।

सुगमता राई जापान

यी समाचार पनि पढ्नुहोस्
Scroll Up