गजल

देउता मानी पूजे उनको तस्बिर पनि

थाहा हुन्न रैछ मान्छेको तकदिर पनि

पत्थर जस्तै मुटुलाई टुक्रा पारी आज

चुडाएर गयो मायाको जन्जिर पनि

माया पाउन मात्र होइन सच्चा प्रेमीहरु

बलिदान दिन्छन् प्रेमको खातिर पनि

प्रेम युद्धमा पनि हार जित निश्चित छ

अदालतमा फैसला हुन्न जिकिर पनि

मणि अन्जान,

पाँचथ हाल साउदी

अरबिया 23 – 04 – 2017

यी समाचार पनि पढ्नुहोस्
Scroll Up