गजल

गल्ती गर्छौ तिमी दोस मलाइ किन ??

छुरा धसि मुटु मा अफ्सोस गर्छौ किन?

धेरै गल्ती माफी गरे एउटा सकिन!!!

पिडा पाउछ निर्दोश ले आखिर किन?

हुने कुरा भै सक्यो धेरै कुरा आफै भित्र छ!

अवाञ्छनिय शब्द अनि आक्रोश किन??

नियालेर हेर कम्जोरी लाई आफ्नो तिमी!

बितेका दिन सम्जियर आँसु झार्छौ किन?

लाल्छना नलाउ दैब देखि डराउ तिमी!!

पागल झैं गुमाउँछौ अाफै होश किन ??

 

बिबेक बराईली (बिनु) –

मोरङ्ग बेल्बारी बेतना4 –

हाल u.a.e

यी समाचार पनि पढ्नुहोस्
Scroll Up