गजल

 

मान्छे,मान्छेहरू ,अन्तर हुदाे रहेछ ।

ढुङ्गा ,माटो, पत्थर हुदाे रहेछ ।

वर्षातकाे बेला बग्छन खहरे खाेलाहरू,

खाेलाहरू सुकेपछि वगर हुदाे रहेछ।

बगैचाकाे फूलहरू मात्र सुन्दर हुदैनन,

जंगली फूल पनि सुन्दर हुदाे रहेछ।

जताततै काेलाहलकाे अावाज चर्केपछि,

जनजीवन र धर्तीलाई असर हुदाे रहेछ ।

यहाँ शिखरहरू छन,अनि महासागर छन,

पृथ्वीमा उजाड ,पहाड ,पत्झर हुदाे रहेछ।

shreeman limbu

sungai petani,

Malaysia. April-28-2017.

यी समाचार पनि पढ्नुहोस्
Scroll Up