२५ जनवरीमा हुँदै ‘द भ्वाइस अफ नेपाल-२ लाइभ इन कोरिया’

काठमाडौं, १ माघ । प्रदेश न ३ अर्थात (बागमती) एकता समाज दक्षिण कोरियाअन्तर्गत भक्तपुर समाज दक्षिण कोरियाले ‘द भ्वाइस अफ नेपाल–२ लाइभ इन कोरिया’ गर्ने भएको छ ।
संस्थाको पहिलो यो कार्यक्रमबारे यहि १९ जनवरीमा दोङ्देमुन–३ नम्बर गेटनजिक रहेको ‘दर्शन नमस्ते रेस्टुरेन्ट’को हलमा पत्रकार सम्मेलन गरी आधिकारिक जानकारी गराउँदैछ । तर, यअिघिबाटै कार्यक्रमका लागि प्रचारप्रसार तिव्र पारिएको छ ।
एआइसीसीको अधिवेसनबाट सुरु भएको प्रचारप्रसार टोपी दिवस हुँदै सोल, इन्छ्न, फाजु, पोछ्न, उइजम्बु, सुवन, फ्यन्तेक, थेगु, बुशान किम्हेलगायका ठाउँमा भइरहेको भक्तपुर समाजका अध्यक्ष रमेश गिरि जनाए ।
यही २५ जनवरीमा कोरियन नयाँ वर्ष सल्नालको दोस्रो दिन हुने यो कार्यक्रम प्रवासको अहिलेसम्मकै बृहत्त सांगीतिक कार्यक्रम हुने अपेक्षा गरिएको । कार्यक्रम भौगोलिकरुरूपमा समावेशी कलाकारहरुका साथ ‘भ्वाइस अफ नेपाल–२ सांगीतिक धमाका’ आयोजना गर्न लागिएको छ ।
कार्यक्रममा कोरियमा रहेका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका सम्पूर्ण संघीय प्रदेशहरूको प्रतिनिधित्व रहने बताइएको छ । कार्यक्रममा नेपाली सांगीतिक क्षेत्रका स्थापित एवं नवप्रतिभाहरूको सम्मिश्रण रहने छ । उक्त कार्यक्रममा उपस्थितिका लागि सम्पुर्णलाई आयोजकले निमन्त्रण गरेको छ ।
कार्यक्रममा पुर्वबाट राम लिम्बु, सुदूरपश्चिमबाट लोकदोहोरी तथा देउडा गायक उमाशंकर जोशी, पश्चिमबाट चर्चित भाइरल मोडल गायक दुर्गेश थापा, राप्तीबाट चर्चित लोकदोहोरी गायिका भुमिका गिरि र सिराहबाट आरिफ रौफ, भ्यालीबाट शनिश श्रेष्ठ, चितवनबाट अलिशा शर्मा र क्लासिकल डान्सर सीता सुवेदी, भारतको दार्जिलिङबाट ‘भ्वाइस अफ नेपाल’की रकिङ स्टार यांकी योल्मोलगायतका कलाकारहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe To Our Newsletter