ह्योल्मो सोनाम ल्होसार दक्षिण कोरिया मा 5 फेब्रुअरीमा मनाउदै ।

 

सौल/ सोनाम
नजिकिदैं गरेकाे ह्योल्मो सोनाम ल्होसार 2146’अौं स खम फाग ल्हो अर्थात (पृथ्वी वर्ग बदेल् वर्ष) सन् 2019 फेव्रुअरी 5 मा “ह्योल्मो सम्पर्क समिति”दक्षिण कोरियाले काेरिया स्थित sangwansimni Bearsi buffet hall मा मनाउने भएको छ । अाफ्नो कला,संस्कार,संस्कृतिलाई सदैब जर्गेणा गर्दै नयॉ पुस्तालाई कार्यक्रममा संलग्न गराई नयॉ वर्षको शुभकामना अादन-प्रदान गरी सम्बन्धलाई अझ प्रगाढ बनाउदै लाने कार्यक्रमकाे प्रमुख उदेश्य हो ।


कोरियामा संख्यात्मक हिसाबले ह्याेल्माे जाती थोरै रहे पनि आफ्नो कला संस्कृति भेष भुषालाई अंगाली राख्न एक सफल जातिको रूपमा ह्योल्मोलाई चिनिन्दै आएको छ। ‘सोनाम ल्होसार’ ह्याेल्माे जातिले पुर्खौ देखि मनाउदै आएको प्रमुख चाड हो भने यस जातिको चाडलाई नयॉ वर्षको रूपमा मनाउने गरिन्छ । परदेशमा रहेर पनि आफ्नो मौलिकतालाई कायमै राख्दै ल्होसार मनाउनु ह्योल्मो जातिको विषेशता हो । यस विषेश चाडमा घर परिवार,ईष्टमित्र र आफन्तजनबाट टाढा रहे पनि एउटै थलोमा जम्मा भई एक आपसमा भएको माया,सद्भाव र भाइचाराको भावनालाई साटासाट गरि अझै गाढा बनाउन सकिन्छ भन्दै जाेड दिनुहुन्छ अध्क्षय कान्छा ज्याबा ह्योल्मो । नयॉ वर्षलाई अंकित गर्दै धार्मिक पुजापाठ (सां सेरकिम) गरि आंगनमा नयॉ ध्वजा उठाई सबै मिली (कि की साेसाे ल्ह ग्यल्लाे)भनी देवताकाे जय दानवकाे पराजय हाेस भनी जयका प्रतिक सेताे पिठाे उडाएर ल्हाेसारकाे स्वागत गरिन्छ।ल्होसारकाे पहिलाे दिन अर्थात सुरुवातमा बिभिन्न चिजबिज हालेर बनाएकाे परिकार (क्षेमर)र अम्रित खाएर ल्हाेसारगी टासीदेलेग भनि शुभकामना आदन प्रदान गर्ने गरिन्छ।ल्हाेसारकाे बिशेष परिकार ‘देर्का,(बावर’ चामलको रोटी,)खाप्से,तरकारी र छ्याङ्गुल खाने गरिन्छ । उक्त्त दिन ह्योल्मो जातिको आफ्नाे माैलिक भेषभुषामा सजिएर सांष्कृतिक नॉचलाई विषेश प्राथमिकता दिइन्छ भने नयॉ प्रतिभाहरूलाई आफ्नाे कला प्रस्तुत गर्ने स्थान दिइ रमाईलाे नाचगान गरि ल्हाेसार सम्पन्न गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe To Our Newsletter