हालसम्म विजयी र अग्रताको ताजा अपडेट

काठमाडौं : पहिलो र दोस्रो चरणमा निर्वाचन भएका स्थान अन्तरगत हाल प्रतिनिधिसभातर्फ ५ क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ भने प्रदेशसभातर्फ ९ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक भएको  । प्रतिनिधिसभातर्फ एमालेका उम्मेदवार ३ स्थानमा विजयी भएका छन् भने १  स्थानमा माओावदीका उम्मेदवार र एक स्थानमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
प्रदेशसभातर्फ ४ स्थानमा एमालेका उम्मेदवार विजयी भएका छन्, ३ स्थानमा माओावदी, एक स्थानमा कांग्रेस र एक स्थानमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
हाल मतगणना भइरहेका स्थान मध्ये दिउासो ३ः३० बजेसम्म प्राप्त नतिजा अनुसार प्रतिनिधिसभातर्फ एमाले २९, माओवादी १६, कांग्रेस ८, राजपा २ र नयाँ शक्तिले १ स्थानमा अग्रता कायम गरेका छन् । प्रदेशसभातर्फ एमाले ३१, माओवादी २५, कांग्रेस ५, राजपा २ र नयाँ शक्ति एक स्थानमा अगाडी रहेका छन् । साभार: अन्नपुर्ण पोस्ट बाट

यी समाचार पनि पढ्नुहोस्