हाङ चेम्जोङको निर्देशनमा पिरती मिठो बोल गित को म्युजिक भिडियो सार्बजनिक

सुमित्रा अश्रुधारा
काठमाडौ

हाङ चेम्जोङको निर्देशनमा पिरती मिठो बोल गित को म्युजिक भिडियो सार्बजनिक

निर्देशक हाङ चेम्जोङको निर्देशनमा पिरती मिठो …… (प्रेम कहानि दुई )बोलको गितको म्युजिक भिडियो सार्बजनिक भएको छ।

प्रेम कहानी दुई गितको म्युजिक भिडियोमा कोरियाको इन्छन स्थित विभिन्न सुन्दर नगरीहरु , सुमुन्द्री किनारा हरुमा म्युजिक भिडियो कैद गरेर भर्खर नै उक्त भिडियो सार्बजनिक भएको छ । नेपाल देखि नै मोडलिङ गर्दै आएका तथा गितकार गोपीकृष्ण राई र पुर्ब झापाकि एकदमै सुन्दरी मोडेल सबु गुरुङको अबिनय हेर्न सक्नु हुन्छ ।

पेन्जी योङ आफैमा निर्देशन गर्छन, क्यामेरा समाउछन र सम्पादन पनि गर्छन त्यति मात्रै हैन शब्द कोर्छन अनि संगीत भर्छन र आवाज दिन्छन तर पहिलो पल्ट चेम्जोङले पेन्जी योङ संग सहकार्य गरेका छन निर्देशक हाङ चेम्जोङले । उनै पेन्जी योङ को स्वार शब्द संगीत मा रहेको गित मा पहिलो पल्ट निर्देशन गरेर बजारमा गित ल्याउन पाउँदा खुशी लागेको बताउछन चेम्जोङ्ले ।मेहनत आफैमा सफलताको सुचक हो गर्दै जाउ एक दिन निक्कै माथी पुगिन्छ यहि युक्ती लाई पछ्याउदै आज हाङ चेम्जोङ निर्देशनमा निक्कै माथी पुगेका छन ।एक पछि अर्को गर्दै उत्कृष्टताको नजिक पुगेका इमानदार ,लगनशील , र मेहनती निर्देशक चेम्जोङले आज कोरियामा निर्देशन मा सबैभन्दा भन्दा उच्च स्थान बनाइ सकेका छन । यसपटक प्रेम कहानी दुइलाइ पनि उनले कोरिया को इन्छन शहर को सुन्दर नगरी हरु अनि समुन्द्री किनारमा सुटिङ गरेर उक्त भिडियो सार्बजनिक गरेका छन ।उनको निर्देशनमा बनेका भिडियो हरुमा कोरिया को सुन्दर नगरी हरु प्रशस्त मात्रामा देख्न सकिन्छ ।

प्रेम कहानी एक को अपार सफलता पछि प्रेम कहानी दुई निर्माण गरेका गायक पेन्जि योङको आवाज मा रहेको उक्त गितमा पेन्जी योङ कै शब्द संगीत रहेको छ भने पेन्जी योङ कै सम्पादन तथा छायांकन मा बजारमा आएको हो । बिसन मानन्धर को एरेन्ज मा कोरिया कै py music युट्युब च्यानल बाट भिडियो बाहिर आएको हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe To Our Newsletter