हजारौ दर्शकमाझ “मंगोलियन हर्ट लाइभ कन्सर्ट एण्ड सांगीतिक धमका 2019” सम्पन्न

सउल/ सोनाम दोलखाली समाज, रामेछाप सम्पर्क समिति र सिन्धुपाल्चोक समाजले संयुक्त रुपमा दुर्गम भेगको शिक्षा र स्वास्थ्यमा सहगोग गर्ने उद्देश्यले छुसकको पहिलो दिन अर्थात सेप्टेम्बर 12 मा “मंगोलियन हर्ट लाइभ6 कन्सर्ट एड सांगीतिक धमका 2019” AW कन्वेंशन हल सउलमा करिब पच्चिस सय दर्शक माझ भव्य र सब्य रूपमा सम्पन्न गरेको छ।
तिनै जिल्लाका अध्यक्षहरूको सभापतित्व रहेको उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाली दूतावासका उपनियोग रामसिंह थापा साथै अतिथिमा कोरियामा रहेको विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा 25 वर्ष सम्म नेपाली सांगीतिक क्षेत्रमा महत्वपूर्ण योगदान दिइ सकेका नेपालको चर्चित व्यान्ड “मंगोलियन हर्ट”को लाइभ कन्सर्ट, भोइस अफ नेपाल सिसन-2 का जर्ज अस्था राउत, लोक दोहोरी गायक प्रकाश कटुवल, नेपाल आइडल सिसन-1 को सेकेन्ड रनरअप प्रताप दास, गल्बन्दी गीतका चर्चित मोडेल अन्जली अधिकारी साथै स्थानीय कलाकारहरूको प्रस्तुतिमा हजारौ दर्शकले मनोरंजन लिएको थियो।
दुर्गक भेगको शिक्षा र स्वास्थ क्षेत्रमा सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमलाई साथ दिदै “राजु लामा फाउन्डेसन” बाट सिन्धुपाल्चोक जिल्लाको दुर्गम भेगको शिक्षा क्षेत्रको लागि रू १ लाख सहयोग गर्ने घोषणा गरिएको छ। प्रदेश न 3 मा पर्ने यी तीनै जिल्लाले पहिलो पटक कार्यक्रम गरिएको हो। हलको क्षमता भन्दा धेरै दर्शकको उपस्थिति रहेको थियो। कार्यक्रम सोचेको भन्दा भव्य रूपमा सम्पन्न भएकोले उपस्थित सम्पूर्ण महानुभावहरूमा आयोजक टिमले हार्दिक आभार व्यक्त गरिएको छ।
फोटो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe To Our Newsletter