“स्वास्थ्यको लागि लामखुट्टे झुल,शिक्षाको लागि स्कुल ब्याग”

“स्वास्थ्यको लागि लामखुट्टे झुल,शिक्षाको लागि स्कुल ब्याग”
हिजो २०७६ असार ८ गते, केही महिना अघि टोर्नान्डो नामक हावाहुरी बाट पिडित बारा जिल्लाको देवपुरा गाउपालिका स्थित वार्ड नं-७ रामपुरामा तत्कालीन संघिय समाजवादी फोरम(वर्तमान-समाजवादी पार्टी)को प्रवास संगठन नेपाली संघिय समाज”NEFESO”द.करियाले राष्ट्रिय सभा सदस्य,माननीय रमेश प्रसाद यादव ज्यु को प्रमुख आतिथ्यता तथा माथी उल्लेखित गापा.समाजवादी पार्टीका अध्यक्ष साथै वडा नं-७ का वडा अध्यक्ष शतेन्द्र यादव,टोर्नान्डो हावाहुरी बाट क्षतिग्रस्त रामपुरा एरिया निर्माणका इन्चार्ज नेपाली सेनाका क्याप्टेन महेस राज महर्जन,प्रहरी चौकी बसन्तपुर बाराका इन्चार्ज मनोज तिवारी,अन्य पार्टीका स्थानिय प्रतिनिधिहरु,स्थानिय बुद्धिजीवी,समाजसेवी लगायतको बृहत उपस्थितिमा सानो राहत स्वरुप झुल र स्कुल ब्याग बितरण कार्य सम्पन्न भयो।यस महत्त्वपूर्ण अभियानमा सहभागी भै सहयोग गर्नु हुने “नेफेसो” कोरियाका अध्यक्ष ज्यु लागयत सम्पुर्ण सहयोद्दा मित्रहरू,वारा जिल्ला सम्म सहज रुपमा जाने वातावरण मिलाइदिनु हुने समाजवादी पार्टीका महासचिव,माननीय सांसद रामसहाय प्रसाद यादव ज्यु,स्थानिय रुपमा हाम्रो राहत वितरण कार्यक्रम लाई अत्यन्तै सभ्य र भव्यरुपमा सम्पन्न गर्न भुमिका खेली दिनु हुने वडा अध्यक्ष शतेन्द्र यादव ज्यु लगायत सहयोद्दा मित्रहरू Pasang Nurbu Sherpa,Raj Dev Syangtan,Bishnu Khaling Rai, Bikash Yonjan Tamang सम्पुर्ण मा हार्दिक आभार सहित धन्यवाद ब्यक्त गर्दछु।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe To Our Newsletter