सेल्टर व्यवस्थापनको लागि कोरियामा ‘छ माया छपक्कै’

सोनाम / सोउल

प्रदर्शन हुदै नेपाल तामाङ संघ र तामाङ समाज ख्यङ्साङ बुसानले नोबेम्बर 17 मा सेल्टर व्यवस्थापनार्थ राजधानी सउल र कोम्हेम बुसानमा एकै दिन ‘छ माया छ्पक्कै’ प्रदर्शन गर्ने भएको छ। नेपाल तामाङ संघले संचालन गर्दै आएको ‘तामाङ दिम’ को लागि सउलबाट प्राप्त आम्दानी खर्च हुने र बुसानको आम्दानी तामाङ समाज बुसानले दिदिबहिनीहरुको सहजताको लागि स्थापना गरेको ‘नाना आङा दिम’ मा खर्च गरिने आयोजकले बताए। पत्रकार दिपेन्द्र लामाको कथा र निर्देशनम रहेको यस चलचित्रमा हालका चर्चित कलाकारहरु दिपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ लगायतका रहेका छन। पछिल्लो समयमा कोरियामा रहेकोे नेपाली संघसस्थाले विशेष उद्देशको लागि नेपाली चलचित्र पदर्शन गर्नले दर्शकले मनोरञ्जन प्राप्तिको साथै समासेवा र नेपाली चलचित्रले विदेशी बजार पाउदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe To Our Newsletter