सुर्योदय समाज कोरियाको अधिवेशन नोभेम्बर १२ तारिखमा हुने

प्रकाशित मिति: ९ कार्तिक २०७४, बिहीबार १३:३३ सौल।ईलाम सुर्योदय सेवा समाज दक्षिण कोरियाको दोस्रो अधिवेसन यही नोभेम्बर १२ तारिक आईतबार हुने भएको छ ।
सन २०१४ मा कोरियामा रहेका ईलामेलीहरुद्वारा विशुद्ध नेपाल तथा कोरियामा सामाजिक कार्य गर्ने उदेश्य बोकी स्थापना भएको ईलाम सुर्योदय सेवा समाजको देस्रो अधिवेसन हुन लागेको हो । कोरिया र नेपालमा हरेक सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा कोरियामा रहेका हरेक संघ संस्था संग सहकार्य ,समन्वय ,आपासी सरसहयोग ,दैवी प्रकोप ,बिरामी ,आपतविपत अनाथ,अपाड्ग ,हरुकालागि गर्नुका साथै खेल क्षेत्रमापनि सहभागिता जनाउदै आएको छ ।
प्रबासमा सबै ईलामेलीहरुको माझ ,एकता ,सदभाब ,एक अर्काका समस्या र भोली दिनमा कामका शिलशिलामा पर्ने सक्ने समस्यामा पनि पारस्परिक सर- सहयोग पुगोस भनी कोरियामा रहेका सबै ईलामेलिहरुलाई संगठित हुन संस्थाको हार्दिक अनुरोध छ । ईलाम सुर्योदय सेवा समाजको यस अधिवेसनलाई भव्यताका साथ सफल बनाउनको लागि कोरियामा रहेका बुद्धीजिबी ,समाजसेबी ,व्यवसायी ,विधार्थी ,संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधी ज्युहरु साथै कोरियामा रहनुभएका सबै ईलामेली दाजुभाई तथा दिदीबहिनी हरुमा यहाँहरुको गरिमामय उपश्थितिको जनाईदिनुहुन लागि हार्दिक अनुरोध गर्दछौ । ईलाम सुर्योदय सेवा समाज परिवार ।
स्थान – नेपाल हाउस
समय-: ११:३०
मिति -नोभेम्बर -१२ आईतबार
सम्पर्क – अध्यक्ष – हरि खनाल फोन – ०१०६४५३३५७६ प्रतिक बोहरा – ०१०६४९९२७९९ कमल राई – ०१०५८५३१६८२ रन राई -०१०२१९५४९४५ मन्जु लावती – ०१०४६८३२५३२ दुर्गा भट्टराई

यी समाचार पनि पढ्नुहोस्