सुर्खेतमा बस दुर्घटना हुँदा दुर्इकाे मृत्यु

सुर्खेतकाे कटकुवाबाट वनभोज खाएर फर्किएकाे बस दुर्घटना हुँदा दुर्इ जनाको मृत्यु भएको छ । दुर्घटना परी १० जना घाइते भएका छन् । सुर्खेतको कटकुवाबाट वीरेन्द्रनगर आउँदै गरेको भे १ ख ८४९ नम्बरको बस शनिबार साँझ कपासे नजिकै दुर्घटना हुँदा लेकबेसी ८ गन्नेपानीकी जानकी दर्लामी र देउमाया बनटाकिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी बसन्त रजौरेले जानकारी दिए ।

घाइते १० मध्ये चार जनाको अवस्था गम्भीर छ । घाइतेहरुलाई उपचारका लागि स्थानीय माया नर्सिङ होम र कर्णाली प्रदेश अस्पताल कालागाउँ लगिएकाे प्रहरी प्रमुख रजोरेले बताए । बस सडकबाट झण्डै एक सय मिटर तल खसेको छ ।

यी समाचार पनि पढ्नुहोस्