सिरिजङ्घामा आगलागी, १ घर पूर्णक्षति

सांकेतिक तस्बिर
२४ पुस, ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकास्थित एक घरमा आगलागी भएको छ । सिरिजङ्घा गाउँपालिका–१, सिनामका मदन अधिकारीको घरमा आइतबार साँझ आगलागी भएको हो ।
साँझ ६ बजेतिर अचानक लागेको आगो इलाका प्रहरी कार्यालय तेल्लोकबाट खटिएको प्रहरीको टोली र स्थानीयको सहयोगमा नियन्त्रणमा लिएको छ । आगलागीको क्षतिको विवरण आउन बाँकी रहेको इलाका प्ररही कार्यालय तेल्लोक जनाएको छ । आगलागिको कारण पनि खुलेको छैन ।

यी समाचार पनि पढ्नुहोस्