साघादावामा छोकफुल तथा मणिजप कार्यक्रम सम्पन्न

ह्योल्मो सम्पर्क समितिले साघादावाको पुणित अवसरमा बौद्ध धर्मको धार्मिक ग्रंथ त्रिपिटक अन्तर्गत पर्ने पज्ञापरमिता(दोमड़) पाठ समापन गर्दै कोरियाको याड़्जुसी स्थित युग्चीजड़्सा गुम्बामा गत आइतबार जुन 16 तारिक छोकफुल, साथै सम्पूर्ण प्राणी जगतको हित र विश्व शांतिको लागि मणिजप कार्यक्रम सम्पन्न गरेको छ।
2146 औ चन्द्र पात्रो अनुसार चौथो महिना (साघादावा)मा भगवान् गौतमबुद्धले ज्ञान प्राप्त गरेको र महापरनिर्वाण भएको हुनाले बौद्ध धर्मावलंबीहरूले यस महिनालाइ विशेष महिनाको रूपमा लिइन्छ। कार्यक्रममा सउल नेपाल गुम्बाका प्रमुख लामा साथै ह्योल्मो, मनाड़, मुस्ताड़, नेवार समुदाय लगाएतका भक्तजनको उपस्थिति रहेको थियो। त्यसै गुम्बाका लामा पेमा कुन्सड़ ज्यूबाट ट्याम्पल स्टेको केही अभ्यास हरू गराउदा कार्यक्रम अझ रोचक र फलदायक भएको थियो। कार्यक्रमको अन्तमा युक्चिजड़्सा गुम्बाका विदेशी विभागका प्रमुख लामा पेमा कुन्सड़लाई कार्यक्रम सफल पारिदिनु भएकोमा धन्यवाद स्वरूप आयोजकको तर्फबाट खादा अर्पन गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe To Our Newsletter