साउदिको अस्पतालमा उपचाररत रहेका पासवान ह्विलचेयरमा नेपाल पुगे ।

 

 

तेज थापा,

साउदी अरब – पुर्वी प्रान्त अलहासा स्थित किंग फाद हस्पिटल उपचाररत रहेका धरम नाथ पासवान हिजो हिमालय एअरलाइनसको उडानबाट नेपाल फर्केका छन् । गत २६ फेब्रुअरी २०१७ राती अलहासाको सल्मानिया सडक दुर्घटनामा परि गम्भिर घाइते भएका पासवान अचेत अवस्थामै अस्पतालमा भर्ना गरिए । शरीर अपांग भइ बाच्न सफल भएता पनि उनको उपचारार्थ लागेको लाखौ साउदि रियाल शुल्क असुल गर्न नसकि अस्पतालमै निगरानीमा थिए ।

जनकपुर उपमहानगरपालिका २० रुपराबैठा धनुषा स्थाइ घर भएका पासवान साउण्ड लाइन रिक्य्रुटमेन्ट म्यानपावरबाट प्रति महिना ८०० साउदी रियाल तलवमा सम्झौता गरि ११ मर्इ २०१४ मा अव्दुल्ला सैयद अल घाम्दि इस्ट कम्पनि काम गर्न भनि साउदी अरब आएका थिए । करार बमोजिम कम्पनिबाट तलव सेवा सुबिधा नपाउदा भागेर अर्को कम्पनीमा काम गर्दै गर्दा सडक दुर्घटनामा परेका थिए भने अस्पतालले उनको कानुनी हैसियत नहेरि उपचार गर्दै गयो र अस्पताल उपचारखर्च करिव २ लाख साउदी रियल बराबरको शुल्क नतिरी डिस्चार्ज नगर्ने बताउदै आएको थियो ।

मष्तिकको शल्य क्रिया सफल भएपनि देब्रे हात खुट्टा करिब नचल्ने भएकोछ।अस्पतालमा बन्दी सरह बिमारी सैयामा उद्धारको पर्खाइमा रहेका पासवानलाई नेपाल फर्काउन गैर आवासीय नेपाली संघ, साउदि अरबले आफ्नो माथिल्लो निकाय आईसीसी, नेपाली राजदुतावास रियाद साउदी अरब, नेपाल परराष्ट्रमन्त्रालय लगायतका सम्बन्धित निकायहरुमा पत्राचार गरि लामो समय देखि संस्थागत समन्वय र अनुरोध गर्दै आइरहेको थियो। त्यसैगरि नेपाली राजदुतावास रियादले अस्पतालको शुल्क मिनाहा गर्न अस्पताल प्रशासन,स्वास्थ्य मन्त्रालय, साउदि पूर्वीप्रांतीय गभर्नरलाई अनुरोध गरीएपनि  उपलब्धि हासिल हुन सकेको थिएन। पहलकै क्रममा एनआरएनए छैटौं मध्यपुर्व भेलामा पासवानको केसले प्रमुख स्थान पाएको थियो र भेलाका सहभागीहरूलाइ अनुरोध गर्दै रकम संकलन पनि गरिएको थियो।डिस्चार्जको बिभिन्न् उपाय खोज्दै नेपाल स्थित साउदि रादुताबासमा पनि आइसिसि अध्यक्ष भवन भट्ट लगायतको एक टोलिले अनुरोध गरेको थिथो भने नेपाल सरकार, परराष्ट्रमन्त्रय सँग भेटि पासवानको अस्पताल शुल्क मिनाहा गर्न विशेष अनुरोध गरेका थिए। विकल्पमा आइसिसिका वर्तमानमा तथा भुतपुर्व पदाधिकारी लगायत विभिन्न सहयोगी दाताहरुबाट उद्धारका लागि सहयोग जुटाउने प्रतिबद्धता जाहेर गरेका थिए । त्यस्तै वर्तमान आइसिसि सदस्य धरम के.सी. ले समेत पासवानको उद्धारका लागि कानुनी पैरवी पहल गरि रहेका थिए।

साउदि अरबमा पनि एनआरएनए आईसीसी सदस्य तथा बैदेशिक रोजगार तथा आप्रबासि कामदार कल्याण समिति उप संयोजक श्री जोन अर्याल, एनसीसी साउदीका अध्यक्ष नारायण पासवान लगायतका पदाधिकारीहरुले अस्पतालका कर्मचारीहरू संगको नियमित भेटघाट र छलफललाइ निरन्तरता दिदै आइरहेकाथिए ।यसै क्रममा कर्मचारीहस्को बिशेष सहयोगमा डिस्चार्च गराउन सफलता हात लागेको हो। समन्वयकारि भुमिकामा तथा नेपाली राजदुतावास रियादका स्थानीय कर्मचारी हरि घिमिरेको विशेष पहल र सहयोगमा बिरामी धरम नाथलाइ नेपाली सम्म पठाउन सफल भएको एनसीसी अध्यक्ष नारायण पासवानले बताए । हिजो राति नेपाल पठाउने क्रममा एनआरएनए आइसिसि सदस्य एवम् FEMWWC मध्यपुर्व सहसंयोजक जोन अर्यालले बिरामी पासवानलाई अवस्थालाई मध्यनजर राखि विजनेस क्लासको हवाई टिकट उपलब्ध गराउनुका साथै आबश्किय घरायसि सामानको ब्यबस्था र दाता चुर्ण बस्नेतबाट LED  TV पनि उपहार प्राप्त भयो, भने एनसीसी साउदिका संरक्षक पुरुषोतम दासले ह्विलचेयर उपलब्ध गराएका थिए, त्यस्तै एनसीसी अध्यक्ष नारायण पासवानको पहलमा बिभिन्न सामाजिक ब्यक्तित्वहरू बाट १२०५ साउदि रियल सहयोग गरिएको उपाध्यक्ष डमर कुमार यादवले जानकारी दिएका छन् ।

स्मरण रहोस, गैर आवासीय नेपाली संघ पुर्वी क्षेत्र क्षेत्रीय समन्वय समिति दम्माम साउदी अरबले बिमारि धर्मनाथ पासवानको परिवारलाइ रू ७२,७२४/- बहत्तर हजार सातसय चौविस रूपैया नगद आर्थिक सहयोग गरिसकेको छ ।

साभार डिसी नेपाल

यी समाचार पनि पढ्नुहोस्