सहमतिपछि राजनीतिमा नयाँ मोड: उपप्रधानमन्त्री थापा

उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले मधेसी मोर्चासँग भएको समझदारीले मुलुकको राजनीतिमा नयाँ मोड आएको बताएका छन् ।
राप्रपा मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मोर्चासँग भएको समझदारी इमान्दारी पूर्वक कार्यान्वयन भए मुलुकमा रहेको लामो समयदेखिको गतिरोध अन्त्य भई राजनीतिक निकासको कोशे ढुंगा साबित हुने बताए । संबिधान निर्माणको क्रममा असन्तुष्ट भएर आन्दोलनमा गएको मधेस केन्द्रित दलहरु संबिधानत: राष्ट्रिय राजनीतिको मुलधारमा प्रवेश गर्ने र यसले मुलुकमा शान्ति, स्थिायित्व, प्रजातन्त्र र मुलुकको विकासमा महत्वपूर्ण योगदान हुने उनको भनाइ थियो ।
उनले एमालेलाई विश्वासमा लिई मोर्चासँग भएको सहमति कार्यान्वयनमा जाने बताए । उनले मोर्चालाई राष्ट्रिय राजनीतिको मूलधारमा आउन र संविधान कार्यान्वयन गरि मुलुकमा शान्ति, स्थायित्व र समृद्ध मुलुक निमार्णमा एमाले बाधक नबन्ने विश्वास व्यक्त गरे ।
उनले नयाँ शक्ति पार्टीको लागि सकारात्मक रुपमा सोच्नु पर्ने र निर्बाचन आयोगले व्यबहारिक रुपमा चुनाव चिन्ह प्रदान गर्नुपर्ने बताए । उनले निर्वाचन आयोगले जिल्लास्थित निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएर दर्ता रहेको दलहरुलाई व्यबहारिक रुपमा चुनाव चिन्ह प्रदान गर्न आग्रह गरे ।
उनले विगतमा पनि कानूनी रुपमा राष्ट्रिय दलहरुले मात्रै चुनाव चिन्ह प्राप्त गरेको अवस्थामा निर्वाचन आयोगले अन्य दलहरुलाई व्यवहारिक रुपमा चुनाव चिन्ह प्रदान गरेको सुनाए ।
उनले सिद्धान्तत: देशभरि जनसंख्याको आधारमा स्थानीय तहको संख्या कायम गर्नुपर्ने भएपनि अहिले मोर्चाको माग सम्बोधन गर्न केही प्रदेशमा मात्रै संख्या थप हुने प्रष्ट पारे ।
उनले मोर्चा चुनावमा आउने भएकोले छलफलपछि मात्रै दोस्रो चरणको निर्वाचन मिति तया हुने प्रष्ट पारे ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe To Our Newsletter