‘सलनाल डान्स धमका’मा डिजे अभिले रातभर नचाए

सियोल, १२ माघ । दक्षिण कोरिया डिजे अभिले धमाका मच्चाएका छन् । संखुवासभा सम्पर्क परिवार दक्षिण कोरियाले आयोजना गरेको ‘सलनाल डान्स धमका’ नाम दिइएको कार्यक्रममा आफ्नो प्रस्तुतीमार्फत उनले धमाका मच्चाएका हुन् ।
आफ्नो जिल्लामा आर्थिक कमजोर रहेका विद्यार्थीका लागि छात्रवृत्ति कोषलाई थप बृद्धि गर्ने र आपतकालीन राहत कोषको स्थापना गर्ने उद्देश्यले २५ जनवरीमा सम्पर्क मञ्चले अन्तर्राष्ट्रियरुपमा परिचित डिजे अभिलाई प्रस्तुत गरेको हो । साँझ ८ बजेदेखि सुरु भएको ‘सलनाल डान्स धमका’मा डिजे अभिले बिहान करिब ६ बजेसम्म नेपाली, अंगेजी र हिन्दी गीतमा नचाएका थिए । डिजे अभिको डिजेइङमा उपस्थित नेपालीले भरपूर्ण मनोरञ्जन लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *