संसद्का कर्मचारी भन्छन्- भत्ताविना काम गर्दैनाैँ !

संघीय संसद् सचिवालयका कर्मचारी भत्ताको माग गर्दै आन्दोलनमा उत्रेका छन् । संविधान निर्माणका क्रममा संविधानसभा र व्यवस्थापिका संसद्को कामको चापलाई मध्यनजर गर्दै सुरुवात गरिएको भत्ता सरकारले चालू आर्थिक वर्षदेखि कटौती गरेपछि कर्मचारीले अतिरिक्त समयमा काम नगर्ने चेतावनी दिएका छन् ।

आगामी १ पुसबाट बिहान १० देखि अपराह्न ४ बजेसम्म मात्र काम गर्ने उनीहरूले बताएका छन् । अतिरिक्त समयमा काम नगर्ने निर्णय गरिएको संघीय संसद् सचिवालय कर्मचारी युनियनका अध्यक्ष मेघराज अर्यालले बताए । ‘संसद् सचिवालयका कर्मचारीले बिहानदेखि बेलुकासम्म खटिनुपरेको छ । कार्यालय समयबाहेक अतिरिक्त समयमा खटिएअनुसार उचित भत्ता हुनुपर्छ भन्ने हाम्रो माग हो ।

सरकारले भत्ता दिन सक्दैन भने हामी अतिरिक्त समयमा काम गर्न सक्दैनौँ’ अर्यालले भने । गत साउनसम्म संसद्का कर्मचारीले तलबबराबरको ८० प्रतिशत भत्ता पाउँदै आएका थिए । त्यसअघि कर्मचारीले खाजा र खानाबापत दैनिक २५० देखि ७ सय रुपैयाँसम्म बुझेका थिए । खाना र खाजाको पैसासँगै भत्तासमेत कटाएपछि कर्मचारी असन्तुष्ट बनेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe To Our Newsletter