संखुवासभा सम्पर्क परिवार द. कोरियाले सलनालमा डान्स पार्टी आयोजना गर्ने

संखुवासभा सम्पर्क परिवार दक्षिण कोरियाले कोरियन नयाँबर्ष सलनालको अबसरमा डान्सपार्टीको आयोजना गर्ने निर्णय गरेको छ। कोरियामा आफ्नो संस्थाको दोस्रो कार्यक्रमको रुपमा गर्न लागेको उक्त कार्यक्रमलाई भब्य एवं सभ्य रुपमा सम्पन्न गर्नको लागि सस्था लागिरहेको संस्थाका अध्यक्ष श्याम कुमार श्रेष्ठ ले बताउनुभयो।

 

 

संखुवासभा जिल्लामा रहेका    गरिव,जेहेन्दार,पिछडिएकोबर्ग,अल्पसंख्यक एवं दुर्गम क्षेत्रका बिध्यार्थी हरुको शैक्षिक स्तर उकास्न कोषको स्थापना गरी प्रत्येक वर्ष छात्रवृत्ति बितरण गर्दै आइरहेको तर कोषमा पर्याप्त रकम अभावले चाहेजति कार्य गर्न नसकिरहेको अवस्थामा यस कार्यक्रमले सस्थाको यो पवित्र उदेश्यलाई पुरा गर्न ठुलो मद्दत पुग्ने बिश्वास लिएको समेत बताउनुभयो।

 

 

कार्यक्रमको आयोजना जनवरी २५ तारिक गर्ने निर्णय भैसकेको र कार्यक्रमस्थल, कलकार र अन्य प्राविधिक पक्षबारे छलफल भैरहेको र छिटै निर्णय गरी सार्बजनिक गरीने पनि उहाले बताउनुभयो।साथै कार्यक्रम सफलतापूर्वक समपन्न गर्नको लागी सबै संघसंस्था हरुबाट सहयोग को अपेक्षा समेत गरिएको र सबै संखुवासभा जिल्लाबासी मित्रहरु लाई एकजुट भै सहकार्य को लागी आव्हान गरिएको सस्थाले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe To Our Newsletter