वुमन फर वुमन,द. कोरियाद्वारा शुभकामना आदानप्रदान तथा सामुहिक भाइटिका गर्ने

सोउल/हंग

नेपालीहरुको दोस्रो ठूलो महान चाड तिहारको उपलक्ष्यमा आउँदो 3 तारीख आइतबार राजधानी सौल स्थित दोङ्देमुनमा भब्यरुपमा मनाउने तयारी गरेको छ । कोरियामा कार्यरत सबै नेपालीहरुको बिदालाइ ध्यानमा राखेर त्यसदिन मनाउन लागिएको हो । भाइटिकाकै दिन कसैको पनि बिदा नमिल्ने भएकोले 3 तारिख राखिएको संस्थाका अध्यक्ष रितु श्रेष्ठले बताउनुभएको छ । परदेश मै रहेर पनि आफ्नो संस्कृतिभित्र रम्न र एकआपसमा आत्मियता साटासाट गर्न पनि सहयोग पुग्नेछ भन्ने संस्थाको उदेश्य रहेकोछ । शुभकामना आदानप्रदान,सामुहिक भाइटिका साथै मनोरञ्जनको लागि देउसिभैलो कार्यक्रम पनि रहेको छ । साथमा नेपाली परिकारको पनि ब्यबस्था गरिएको छ । कोहि चेलिबिहिन र कोहि माइतिबिहिन महसुस गर्न नपरोस भन्ने मुख्य उदेश्य रहेको यस कार्यक्रमले साँच्चै नै भाइचाराको बिकास गर्ने आशा लिएको छ । साथै संस्थाले सम्पूर्ण कोरियाबासी नेपालीहरुलाइ उत्साहजनक उपस्थितिको लागि पनि हार्दिक अनुरोध गरेको छ ।
बिस्तृत जानकारीको लागि निम्न फोन नम्बरबाट जानकारी पनि लिन सक्नुहुनेछ रितु श्रेष्ठ 01054344761, रुपा गुरुङ 01022932730,सुस्मा थापा 01065670764

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe To Our Newsletter