विकासले कोरियन नयाँ वर्षमा झुमाए

सियोल, ११ माघ । नेपाल आधिबासी जनजाती महासंघ दक्षिण कोरियाले यहाँको नयाँ वर्षका अवसरमा अनाथ, असाय बालबालिकाको सहयोगार्थ सियोलमा भव्य सांगीतिक कार्यक्रम आयोजना गरेको छ ।
आदिवासी जनजाती महासंघ कोरियाको सम्रच्यक लोचन राईको प्रमुख आथित्यमा आयोजित कार्यक्रममा कोरियामा सक्रिय १२ जनजाती संस्थाहरुको विशेष अथिती रहेको थियो ।
‘सउल साँगीतिक साँझ’ नाम दिइएको कार्यक्रमको प्रमुख आर्कषण सांगीतिक रियालिटी ‘द भ्वाइस अफ नेपाल’ सिजन–२ का उपविजेता बिकाश लिम्बूलगायतको थियो । साथै, कार्यक्रममा अन्य थुप्रै चर्चित कलाकारहरुले उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए ।
पहिलोपटक दक्षिण कोरिया पुगेका विकासले त्यहाँ रहेका नेपालीहरुलाई आफ्नो प्रस्तुतीमा झुमाएका थिए । भ्याइस अफ नेपालको सिजन २ मा दर्शकको मन जित्न सफल भएका विकासले कोरियामा पनि नेपाली दर्शकको मन जित्न सफल भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *