लगातार १३ औं जितको कीर्तिमानी म्यानचेस्टर सिटीद्वारा बराबर

इंग्लिश प्रिमियर लिग फुटबलमा लिग लिडर म्यानचेस्टर सिटीले १३औं खेलसम्म आफ्नो अपराजित यात्रा कायम राख्दै  कीर्तिमानी जित दर्ता गरेको छ।  लिग अन्तर्गत आइतबार राति भएको खेलमा रेलिगेसन जोनमा रहेको वेष्टह्याम युनाइटेडलाई २-१ ले हराउँदै सिटीले अपराजित यात्रा कायम राख्दै कीर्तिमान बनाएको हो।
घरेलु मैदानमा सिटीले पहिलो हाफमा १-० ले पछि परेको स्थिति उल्टाएर जित निकालेको हो। सिटीको जितमा निकोलस ओटामेन्डी र डेभिड सिल्भाले समान एक एक गोल गरे। वेष्ट ह्यामका अन्जेलो ओग्बोन्नाले एक गोल गरे ।
सुरुवाती अग्रता लिएको वेष्ट ह्यामले पहिलो हाफ १-० ले अग्रता लियो। ४४ औं मिनेटमा ओग्बोन्नाले गोल गर्दै वेष्ट ह्यामलाई सुरुवाती अग्रता दिलाएका हुन् । तर, दोस्रो हाफमा आक्रमक देखिएको सिटीले ५७ औं मिनेटमा ओटामेन्डीले गोल गर्दै खेल १ – १ को बराबरीमा ल्याए । त्यसपछि खेलको ८३ औं मिनेटमा सिल्भाले गोल गरेपछि सिटीले २ – १  को महत्वपूर्ण जित निकाल्यो ।
यो जितसँगै सिटीले लगातार १३ औं खेलमा जित आत्मसात गर्यो । यस्तै सिटीले सबैभन्दा बढी खेल लगातार १३ औं खेल जित्ने किर्तिमानसँग समेत बराबरी गरेको छ। यो जितसँगै सिटीले लिगमा एकै सिजन लगातार धेरै खेल जित्ने कीर्तिमानमा बराबरी गरेको छ ।
यसअघि सन् १८९१-९२ को सिजनमा सन्डरल्याण्ड र प्रिस्टन, सन् २००१–२००२ को सिजन आर्सनल र सन् २०१६ – १७ को सिजन चेल्सीले १३ औं खेल सम्म अपराजित रहेर किर्तिमान बनाएका थिए।
यो जितसँगै सिटीले लिगमा आफ्नो अग्रता ८ अंकले बनाएको छ । शिर्ष स्थानको सिटीको १५ खेलबाट ४५ अंक रहेको छ । लिगको दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ३५ अंक छ । पराजित वेष्ट ह्याम १० अंक जोडेर पुछारबाट दोस्रो स्थानमा छ ।

 एजेन्सी को सहयोगमा 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe To Our Newsletter