रिकमान थापा मगरको निर्देशनमा “सउल घुम्न जाँदामा” को म्युजिक भिडियो सार्वजनिक(भिडियो सहित)

सौल, भदौ २९
पेमा वाईबाको “सउल घुम्न जाँदामा” को म्युजिक भिडियो सार्वजनिक भए संगै चर्चाको शिखरमा रहेको छ ।
नेपाली गीत सांगीतिको क्षेत्रमा सक्रिय रहँदा रहँदै इपिएस मार्फत कोरिया पुगेका गायक पेमा लामा(वाईबा) कर्मभूमि कोरियामा रहँदा पनि संगीतसंग आफूलाई समाहित गर्न भने छाडेनन र त्यही संगीत साधानाबाट जन्मियो “सउल घुम्न जाँदामा” बोलको बेजोडको म्युजिक भिडियो ।
वाइबाको “सउल घुम्न जाँदामा” हाई लाइट्स नेपाल बाट सार्वजनिक गरिएको हो ।
“सउल घुम्न जाँदामा” गीतमा गायक वाइवाले आफ्नो स्वर र संगीत दिएका छन्। कोरियाको राजधानी सउल, दोङदेमुनको वरिपरि रमणीय ठाउंहरुमा छायांकन गरिएको यस गीतमा गायक वाईबा र नानु पुनको अभिनय रहेको छ । म्युजिक भिडियोमा भिसन काउचा मगरको छायांकन, दिपक बिष्ट को सम्पादन रहेको छ भने कोरियामा चर्चित निर्देशक को रुपमा स्थापित रिकमान थापा मगरको निर्देशन रहेको छ।

भिडियो हेर्नको लागि तल क्लिक क्लिक गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe To Our Newsletter