रहर,

रहर,

हरेक नयाँ बिहानीले
हाँसो खुशिको बिउ बोकेर
समृद्धीको ब्याडमा
मलजलगरी
शुखमय दिन अनि
उमंग र रहरको
बिजारोण गर्दै
सुर्य किरण धर्तीभरी यत्रतत्र
छताछुल्ल पोखिन्छ,
त्यो अौंशीको
अन्धेरीरात होस् या
पुर्णीमाको टह-टह जुनेली रात
खुल्ला आकाशले
बिनाबादलै रोईदिंदा
सारा घर्ती ओसिलो,
अनि लछप्पैभिजेको
बनस्पति जगदलाई
पारीलो घामको प्रकाशले
न्यानो बनाउँदा
अंकुराउनलागेको रहरहरु
लहलह बड्दै
बशन्तको हरियाली बहार भेट्ने
उत्कट आशामा
कैयौं पटक
शिशीरयाममा तुसारापात र
हिमपातमा परि कठ्याग्रीए
कति मरे कठै !
चैतेहुरीको बेग
सल्लाघारीमा ठक्करीन्दा
निस्किने सुस्केरा जस्तै
सुस्केरा हाल्न थालेछ रहर !
आँधि,तूफान हुण्डरीसंग
रुमलिंन्दै बर्षे भेलबाढीसंगै
भुमरीमा फस्दै र
चट्टानहरुमा खस्दै बगरमा
घाम ताप्न थालेछ रहर!!
फेरि अर्को नयाँ बिहानीले
ज्न्माउँदैछ नयाँ नयाँ रहर !!🙂😉😘😍

सकुन राई 

हाल : कोरिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe To Our Newsletter