मोडल खुश्बु चेम्जोङ्ग हट अवतारमा

सरोज/दक्षिण कोरिया मोडल खुश्बु चेम्जोङ डेब्यु म्युजिक भिडियो मै हट अवतारमा देखे कि छिन। फाल्गुनन्द गाउँ पालिका-५ (साबिक फाक्तेप-५) पाँचथरमा जन्मे कि सानै उमेर देखि नृत्य अभिनयमा रुचि राख्ने उनी अन्तमा ग्लामर छेत्रमा जम्न सघर्ष गरि रहे कि छिन। पाँच फिट तीन इच उचाई र आकर्षक शरिर कारण सबैको नजरमा पर्ने निकै सुन्दरी मोडल खुश्बु चेम्जोङ्ग आनन्द सुब्बाको शब्द स्वरमा सजिएको “तिमिलाई भुल्दिन म” बोल्को गितको म्युजिक भिडियोमा देखिए कि हुन।
सुन्दरी मोडल खुश्बु चेम्जोङ्गको जोडि रुपमा आयुश गुरुङले म्युजिक भिडियोमा साथ दिएका छन। सुन्दर लावतिको निर्देशनमा तयार भएको उत्त म्युजिक भिडियो छायांकन अर्जुन सापकोटाले गरेका हुन भने सम्पादन अर्जुन पोख्रेलले गरेका छ्न। देबेन्द्र नेवाले एरेन्ज रहेको आनन्द सुब्बाको एल्बम”तिमिलाई” मा समाबेश गरिएको छ भने उत्त गितमा मनिपाल राईको सुमधुर सगित रहेको छ।

यी समाचार पनि पढ्नुहोस्