मोक्पो साम्हो साझा चौतारी द्वारा बाढीपिडित राहत ३ चरण मा सम्पन्न

 सुन्दर सूबेदी, केहि महिना अगाडी तराई मा गएको बाढी ले घर बार बिहिन नेपालीहरुका लागि दक्षिण कोरिया को मोक्पो मा रहेको मोक्पो साम्हो साझा चौतारी द्वारा संकलन गरिएको राहत ३ चरण गरि सम्पूर्ण वितरण र हस्तान्तरण कार्य सम्पन्न भएको छ | पहिलो चरण मा आपतकालीन राहत चितवन को माडीमा दैनिक आवस्यक खाद्दान्न लत्ताकपडा हरु वितरण गरियको थियो जसमा नेपाली १ लाख बराबर को सामाग्री राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा बिकाश केन्द्र को सहकार्य मा र मोक्पो सम्हो साझा चौतारी का साथीहरु मार्फत हस्तान्तरण गरियको थियो |
यसै गरि दोश्रो चरणको हस्तान्तरण को क्रम मा रौतहट मा घरबार बिहिन र अपाङ्ग समेत रहेका हंसराज मुसहर को लागि व्हील चियर ,र घर निर्माण का लागि ४०,००० कोरिया मा कार्यरत सामाजिक अभियन्ता इस्वर दाहाल द्वारा हस्तान्तरण गरियो | हस्तान्तरण को अन्तिम चरणमा बचेको १,१९,१०० रुपैया न्युज २४ द्वारा संचालित बाढीपिडित बस्ति निर्माण अभियान का लागि मोक्पो साम्हो साझा चौतारी का संरक्षक राम दत्त जोशी (नेपाल को राम ) सहितको टोलि ले आज सिधा कुरा जनता संग का कार्यक्रम संचालक तथा कुशल र निडर पत्रकार रबि लामिछाने लाइ हस्तान्तरण गरियो | “हिमाल-पहाड तराई कोहि छैन पराइ” “एक नेपाली लाइ दुख पर्दा हजार नेपाली को मन दुख्छ प्रवासमा” मोक्पो साम्हो साझा चौतारी को यो अभियान मा सहयोग गर्नुहुने,सहयोग जुटाउन लागि पर्नु हुने र हस्तान्तरण गर्नका लागि सहयोग गर्नु हुने सम्पूर्ण नेपाली मन ,सहयोगी हात हरु प्रति सदैव मोक्पो साम्हो साझा चौतारी आभार प्रकट गर्दछ |

 

यी समाचार पनि पढ्नुहोस्