महासचिव पदका उम्मेद्वार भिम चेम्जोङ्गका यस्ता छन् प्रतिवद्दताहरु

सौल। एन आर एन कोरियाको ७ औ अधिवेशनमा महासचिव पदमा उम्मेद्द्वारी दिएका भिम चेम्जोंगले आफ्ना प्रतिवाद्दताहरु सार्वजनिक गरेका छन् । लामो समय देखी कोरियामा सामाजिक क्षेत्रमा सक्रिय रहेका उनले कोरियाबासी नेपालीहरुको हितमा काम गर्ने भन्दै साथ दिन अपिल गरेका छन् । एन आर एन कोरियाको ७ औ अधिवेशनका महासचिवका उम्मेदवार भिम चेम्जोंगका यस्ता छन् प्रतिवाद्दताहरु

१, NRNA दक्षिण कोरीयालाई कोरीयाको कानून अनुसार दर्ता गर्न पहल गर्ने।
२. नेपाल सरकारको Visit Nepal 2020 कार्यक्रमलाई लाई सफल पार्न रचनात्मक भूमिका निर्वाह गर्ने।
३, नेपाल र कोरियाको सम्बन्ध बिस्तारको लागि कुटनैतिक तवरबाट कोरियामा रहेको नेपाली दूताबास संग समन्वय गरेर अगाडि बढ्ने।
४, NRNA कोरीयालाई मजदुर मैत्री बनाई एक मियो संस्थाको रूपमा बिकसित गर्ने।
५, एनआरएन कोरियालाई कोरीयामा रहेका बिभिन्न संघ-सँस्थाहरूको अभिभावकत्व प्रदान गर्ने संस्थाको रूपमा विकास गरी कोरियाको नेपाली समाजलाई एकता र सद्भाबपूर्ण वातावरण सृजना गर्ने।
६, कोरीयामा रहेका नेपालीहरूको संख्या अध्यावधीक गरी, कोरिया आगमन र नेपाल प्रस्थान गरेको बार्षिकी तथ्याङक र मृत्युदर संख्याको अभिलेख राख्ने।
७, NRNA दक्षिण कोरियाको कार्यालय स्थापना गरी कार्यलयमा सुझाब डेस्कको व्यवस्था गर्ने।

८. एनआरएन कोरियाको गतिविधिहरूलाई चुस्त दुरूस्त राख्दै बैठकका हरेक निर्णयलाई समयमै कार्यन्वयन तहमा पुर्याउने र संस्थाले हालसम्म गरेका सम्पूर्ण कार्यहरुको अभिलेख बनाई राख्ने।
९. कोरियामा नेपाली भाषा–सँस्कृती र कलाको प्रबर्धन तथा जगेर्ना गर्न स्थानीय संघ संस्थाहरुसँग सहकार्य गरी कार्यक्रमहरू बनाउने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe To Our Newsletter