मन चित्रमा तिमी

कविता
मन चित्रमा तिमी
आफ्नै खुशिले बनाएको
एउटा चित्र
ल्याएर थमाइन कलिलो हातले
जस्लाइ मैले मन चित्र घोषणा गरिदिए
उनिले आफ्नै मन ले बनाएको चित्र थियो
उनको दिमाग भित्र स्केज भरिएको
सबै आफन्त हरु आटिएको एउटा चित्र
कसै द्वारा नसिकाइ कोरिएको मन चित्र।
 
बोकेर छेउमै उभि उनी
सुस्तरी लिएर सरसर्ती हेरे
सबै आफन्त ले स्थान पाएको थियो
बाजे बोजु मा माइजू अंकल आन्टी
ती कलिलो हातले कोरिएको मन चित्रमा
कलिलो मस्तिष्कमा तिमी पनि
सुललित भएर उभिएछौ
कैले नभत्किने प्रेमको खम्बा जस्तै गरि
कैले बुडो नहुने वर खडिए जस्तै
कैले नभत्किने जंगे पिलर जस्तै
मन चित्रमा तिमी ।।
 
एउटा प्रेमको युद्ध जितेजस्तै अनुभुती
अहो महायुद्दपछिको जितको उल्लास
सबै हारहरु लाई भुलाउने एउटा उत्सब
सबै बियोगहरुलाइ निमेष भरमै मेटाउने
एउटा अदभूत मिलन
छेउमै उभिएको
मलिलो तिम्रो मुस्कान
मन चित्रमा उभिएको तिमी
 

सुमित्रा अश्रुधारा
काठमाडौं
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe To Our Newsletter