” बिफल ज़िन्दगी “

ठुलो सुन्दर शहरमा रहरै रहर सँगै रुमलिएर भविष्यको ठुलो सपना सजाउँदै
दुखै दुखमा अल्झिएर सिर्फ़ एउटा उद्देश्य बोकी हिडी रहेको थिएँ गन्तव्य खोज्दै
तिम्रो कथा मेरो ब्यथा भोगाई फरक भए पनि यथार्थ एउटै फुल्ने फल्ने चाहाना
उस्तै मलाई थाहा थियो गाहृो हुन्छ भन्ने तर फस्यो ज़िन्दगी सम्हाल्न खोज्दा खोज्दै
ब्यस्ताको बावजूद अपुग समय असफलताको ठक्कर खाँदै खोज्दै थिएँ
सफलताहरु चाहाना एउटा बाध्यता अर्कै नाता अलग ब्यबहारहरु थिए
फरक निहाल्न खोज्दा खोज्दै
 
निर्दोष आशुका थोपाहरुको घुट्को पिउदै आमा बाबाको यादमा
भक्कानिंदै सम्हालीन खोज्दै बिवस थिए बाध्यता संग अत्तालिंदै भलाकुशारी गर्न
तर फस्यो जिन्दगी निक्लीन खोज्दा खोज्दै तृस्णा ले छटपटीएको बेला घृणाको
जहेर हाँसेर पिउँदै सम्बन्घ दिगो बनाउन तिरस्कारको जन्जीरता सँग अँगालो मारदै
सबैको खुसीको लागी मेरो ईच्छालाई बन्धक बनाउदै प्रेम प्राप्तीको लागी बिश्वास जित्न खोज्दा खोज्दै
म निस्वार्थ बनेर भौतारी रहें मलाई थाहा थियो यो सबै बेकार हो
भन्ने तर फस्यो जिन्दगी सहनशीलता अपनाउदा अपनाउँदै
 
घायल दुखित मनलाई शान्तवाना दिंदा दिंदै चोटै चोटले भरीएको
मस्तीस्कलाई मलहम पट्टी लाऊँदा लाऊँदै फाटी सकेको आशा
ईच्छालाई सिलाउदा सिलाउँदै थाहा थियो फेरी सबै उद्रीन्छ भनेर
तर एक्कासी चुँडीयो धागो सबै तिर प्वालै प्वाल बनेर आखिर
फस्यो जिन्दगी धागोको त्यान्द्रो जस्तै
जोड्न खोज्दा खोज्दै टुक्रा टुक्रा बनेर
 
कोलाहल सडक मा हज़ारौं थिए बटुवा म थिएँ एक्लो
दूर गन्तव्य बिहीन थकित यात्री अन्धकारमा झिलमिल
बत्ती बली रहेको थियो उनको त्यों सुन्दर सुनसान मनमोहक
प्रेमलील नगरीमा झिनो आशा न्युन बिचार सुस्त सिमीत परीधीमा
धेरै प्राप्ति खोज्नु भुल हो भन्ने थाहा थियो मलाई तर फस्यो ज़िन्दगी
बुझ्न खोज्दा खोज्दै चकना चुर भएर
 
आफ्नैले किनबेच गर्न खोजी रहेका थिएँ बिनामोलको
ठानेर संयमबनी शालीनता अपनाई रहें अबोध झै भएर टुक्क्राउँदै
सबैले भागबन्डा गर्न जमर्को समेत गरे निर्जिब बस्तु ठानेर तर सबैलाई
थाहा थियो म पनि जिबीत नै हो भनेर थाहा थियो बिस्वास प्रेम शहनशीता
शालीनता समझदारीता नम्रता आदि ईत्यीदि सबै मेरो लागी ठुलो अभिसाप
हो भनेर आखिर महसुस गर्दा गर्दै त्यसैले नै
डसी रह्यो मलाई बारबार जिवन नै भर !!!
 
रोजी लाबुङ (राई )
बुधबारे झापा -नेपाल हाल -युके

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe To Our Newsletter