बार्सिलोना र रियल मड्रिड बराबरी

काठमाडौं : स्पेनिस ला लिगा अन्तरगत शनिबार राति भएका खेलमा बार्सिलोना र रियल मड्रिड आ-आफ्ना खेलमा बराबरीमा रोकिएका छन् । लिगको अंक तालिकामा शीर्ष स्थानमा रहेको बार्सिलोनाले सेल्टा भिगोसँग २-२ को बराबरी खेल्यो भने रियल मड्रिडले यथ्लेटिक विल्बाओसँग गोलरहित बराबरी खेल्यो ।
बार्सिलोनाका लागि खेलको २२ औं मिनेटमा मेसी र औं ६२ मिनेटमा स्वारेजले गोल गरे भने सेल्टा भिगोका लागि २० औं मिनेटमा असपास र ७० औं मिनेटमा गोमेज गोल्जालेजले गोल गरे । हालसम्म ११ खेलमा जित र ३ मा बराबरी खेलेको बार्सिलोना अपराजित छ ।
884394802.jpg.0
रियल मड्रिड र यथ्लेटिक विल्बाओ दुवै टोलीले गोल गर्न सकेनन् । अंक तालिकामा शीर्ष स्थानको बार्सिलोना र दास्रो स्थानको भ्यालेन्सिया भन्दा निर्कै पछि परिरहेको रियल मड्रिडको जित निकाल्दै अंक दूरी छोट्याउने लक्ष पूरा हुन सकेन् । गत सिजनको विजेतासमेत रहेको रियल मड्रिडले भने १४ खेलमा ८ खेलमा जित निकाल्दा ४ बराबरी खेलेको छ भने  २ खेलमा हार व्यहोरेको छ ।
ronaldo_1
गएराति नै भएका ला लिगाका अन्य खेलमा एथ्लेटिको मड्रिडले सोसाइडडलाई २-१ र सेभिल्लाले डिपोर्टिभोलाई २-० ले पराजित गरे । १४ खेलबाट ३६ अंक रहेको बार्सिलोना शीर्ष स्थानमा कायमै रहेको छ । एक खेल कम खेलेको भ्यालेन्सिया ३१ अंकसहित दोस्रो स्थानमा रहेको छ । १४ खेलबाट ३० अंकसहित यथ्लेटिको मड्रिड तेस्रो स्थानमा र रियल मड्रिड १४ खेलबाट २८ अंकसहित चौथो स्थानमा रहेको छ ।

यी समाचार पनि पढ्नुहोस्