बस पल्टिँदा २२ जना यात्रु घाइते

कञ्चनपुर: पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरमा डडेल्धुराको जोगबुडाबाट महेन्द्रनगरतर्फ आउँदै गरेको ना ४ ख ८०३९ नम्बरको बस आज दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छन्।
घाइतेहरुको झलारीमा रहेको स्थानीय मेडिकलमा उपचार हुन नसकेपछि एम्बुलेन्समार्फत कैलालीको अत्तरियातर्फ लगिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी नायब निरीक्षक लालमणि जोशीले जानकारी दिए। घाइते सबैको अवस्था खतरामुक्त रहेको बताइएको छ।

 साभार:अन्नपूर्ण पोस्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe To Our Newsletter