फिल्म ‘राज्जा रानी’ मा रेखाको आइटम डान्स (भिडियो)

काठमाडौं– विषेशगरी नारी प्रधान फिल्ममा आफ्नो हैकम जमाउने अभिनेत्री हुन् रेखा थापा। फिल्म ‘राज्जा रानी’ एक सामाजिक र नारीप्रधान फिल्म भएकाले हुनुपर्छ रेखाको इन्ट्री यसमा पनि देखिएको छ। शुक्रबारबाट नेपाली र मैथिली दुई भाषामा अल नेपाल रिलिज भएको फिल्म राज्जा रानीको आइटम गीत ‘पिंकु मिस’मा देखिएकी हन् रेखा।

फिल्मको आइटम गीत ‘पिंकु मिस’ नेपाली र मैथिली दुवै भर्सनमा हेर्न सकिनेछ। गीतमा रेखाको रोमान्टिक नृत्य देख्न सकिन्छ। यम थापाको शब्द, ताराप्रकाश लिम्बूको संगीत र सहिमा श्रेष्ठको स्वर रहेको गीतबाट फिल्ममा रेखा अतिथि पात्रका रुपमा इन्ट्री गरेकी छन्।

फिल्ममा रेखा थापा, पिंकु थापाका रुपमा प्रस्तुत भएकी छन्। आर्यन फिल्मको ब्यानरमा बेनेको ‘राज्जा रानी’लाई यम थापाले निर्देशन गरेका हुन् भने फिल्ममा केकी अधिकारी, नाजिर हुसेन, कामेश्वर चौरासिया, संगिता नपित, दिपक क्षेत्री लगायत कलाकारको अभिनय छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *