"प्रदेशी बिबिन लाई श्रीमती रिना चाम्लिङ्ग राईको खुल्ला पत्र"

पवन चाम्लिङ :सौल कोरिया
रिना चाम्लिङ्ग राईले देशको विद्यमान परिस्थितिमा यूवा पुस्ताको वास्तविक जिवनका तितामिठा सत्य र मार्मिक भोगाई लाई जिम्मेवारी पुर्ण लेख द्वारा युवा पुस्ताको लागि केहीँ सिक्नु र जिम्मेवारी बोध गर्ने सन्देश मुलक प्रदेशी श्रीमान लाई खुल्ला पत्र जस्ताको त्यस्तै साभार गरिएको छ । (खुल्ला पत्र) हजारौं सपनाहरूका झोली बोकेर मिठो खाने राम्रो लाउने अनि शहर बस्ने श्रीमती लाई चिरिच्याट बनाउने छोरा छोरी लाई बोर्डिङ पढाउने ,रड सिमेन्टले दरवार जडान भएको सुन्दर घर बनाउने जस्ता छातीभरी मिठो सपनाहरू बोकेर लाखौं युवाहरु विदेशीने गरेका छ्न।
मिठो सपनाको मिठो कल्पना गर्दै दिनानु दिन अन्तराष्ट्रिय त्रिभुवन विमान स्थलको प्राङगणमा लामा लस्करले दिनको हजार , प्रन्ध सय युवाहरु बिदेशी जहाजमा चढेर बिदेशी आगनमा पाइला टेक्दा ५० देखि ६० लाख युवाहरुले टेक्ने गर्द्छ्न। यो आम नेपाली दाजुभाइ तथा दिदि बहिनीहरुको लागि भाइरल रोग जस्तै भएको छ ।
यसै सन्दर्भमा मैले मेरो पर्देशी श्रीमान् लाई एउटा पत्र कोर्दैछु । ((बिबिन ))हुन त हाम्रो नेपाली समाजमा बिहे गरि सके पछि आफ्नो श्रीमान् लाई तपाई भनेर सम्बोधन गर्ने गरिन्छ तपाई भनी सम्बोधन गर्न लगाईन्छ। तर म आज तिमी भनेर सम्बोधन गर्दै छु किन कि तिमी र म समान हौ भन्न चाहान्छु । ((बिबिन ))जुन दुख र पिडा अनि साहुको ऋण सम्झेर अनि म श्रीमती लाई मिठो खान दिन राम्रो लाउन दिन सुन चादीले भर्न सकिरहेको छैन भनेर मन भारी लिएर डियुटि गर्दै छौ होला। तर यो मान्यता हैन कि सबै श्रीमानहरुले बिहे गरेर ल्याएका श्रीमतीहरु लाई यी सम्पूर्ण कुराहरुले भरीपुर्ण बनाउनु पर्छ भन्ने म नेपालमा जेन तेन गरिरहेकी छु खुशीहरु लाई पेरुङो भित्र चिरिप पारेर राखेकी छु । साझा पख जुनकिरी र सुकेको मुढा सग सेल्फी हान्दै छु परिवारका खुशीलाई नारा जुलुसमा दौडि रहेछु एक छाक खान सम्म दिन रात सिरिन्ज र हजारौं घाउहरु सग लुकामारी गर्दै छु जति सक्दो मेहनत नेपालमै बसेर गरिरहेकी छु।मेरो भागमा आइपरेका सबै सबै जिम्मेवारी पूरा गर्ने कोशिश गरिरहेकी छु।
कहिले घर कहिले अफिस कहिले बा कहिले आमा कहिले सासू कहिले ससुरा भनी उहाँहरु समक्ष सुचना बनी दौडि रहेकी छु। घर परिवार अनि मेरो चिन्ता नलिनु किन कि श्रीमानले मात्र घर परिवार र समाजको जिम्मेवारी बहन गर्नु पर्छ भन्ने हैन । यतिको सम्मको जिम्मेवारी म पनि बहन गर्न सक्छु म हिम्मत हार्दिन । मलाई थाहा छ बिदेशमा पैसा फल्दैन बिदेशमा पैसाको रुख हुन्न आइफोन फल्दैन ,ल्यापटप फल्दैन त्यस्का लागि कयौं महिना कयौं बर्ष कयौं रात अनि दिन मा पसिनाको सिचाई गर्नु पर्छ । यहाँ नेपाल बाट एक कल फोनको भरमा सबैकुरा पाए जस्तो कहाँ परदेशी लाई सजिलो छ र ? त्यहाँ त्यसका लागि करोडौं पसिनाका धाराको खेती गरेर मात्र पैसा फल्ने गर्छ। ((बिबिन)) अनि यो पनि मलाई थाहा छ घर परिवार आफ्न्त दाजुभाइ ,दिदीबहिनी श्रीमतीका मिठा मिठा चाहानाहरु तिमिले पूरा गर्नु छ। तर म त्यो श्रीमती हैन कि !!! जहाँ मेरो श्रीमानले मेरा सबै चाहानाहरु पूरा गर्नु पर्छ भन्ने।
मेरा खुशीका मुद्दाहरु बोकेर आफ्ना पसिनाहरु तिम्रो बिदेशी मालिक कहाँ नथोपर्नु किन भने यस्ता मुद्दाहरु बोकेर जाने कयौं नेपाली दाजुभाइहरु कहिले चिरनिन्द्रामा नबिउझेनी गरि कहिले मानसिक रोगी बनी आफू लाई नै हराएका हुन्छ्न कहिले घाटिमा पासो लगाई आफ्नो एक मुठी सास फालेका छ्न कहिले मदिरापानमा आफू लाई भुलाएका छ्न कतिका स्वदेश फर्किदा घर कहाँ श्रीमती कहाँ अत्तो पत्तो हुन्न। त्यसैले नेपालमा बसेर गरेको कल्पना जस्तो बिदेश कहाँ होलार ठूलठूला गगन चुम्बी महलहरुको छेउमा बसि खिचिएको फोटो जस्तो कहाँ होलार त्यो बिदेश खानामा पिज्जा र बर्गर खाएको तस्बिर जस्तो कहाँ होलार बिदेश यो सब नेपालीहरुको लागि भ्रम हो। त्यसैले यो भ्रममा हामी घर ,परिवार ,आफ्नत दर दाजुभाइ, दिदीबहिनी ,श्रीमतीहरु नपर्न आग्रह गर्छु।
अनि ((बिबिन तिमी)) आफ्नो शरीरले जति सक्छौ त्यति डियुटि गर्नु पैसा कमाउने खेतीमा तिमीले आफ्नो शरीर नगुमाउनु साहुको ऋण तिर्न सकिन भनेर र श्रीमती लाई चिरिच्याट बनाउन सकिन भनेर तिमिले आफ्नो मानसिक सन्तुलन नगुमाउनु जे छु म ठिक छु भनेर सोच्नु र मेरो परिवार ठिकै छन भनेर आफू लाई सम्हाल्नु अनि जस्तो परिस्थितिमा भए पनि साथ दिने मेरो जीवन संगिनी श्रीमती छिन भनेर आफू लाई हिम्मतिलो बनाउनु। ((उहीँ तिम्रो जीवन संगिनी रिना)) (शब्द खबर बाट साभार गरि प्रकाशित गरिएको रिना चाम्लिङ्ग राईको खुल्ला पत्र कोहीँ कसै संग शब्द भाव मिल्न गई ठेस पुग्न गए संयोग मात्र हुनेछ ।)

यी समाचार पनि पढ्नुहोस्