प्रदेशको अस्थायी राजधानी तोकेर अगाडि बढ्न सरकारलाई राष्ट्रपतिको सुझाब

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेशहरूको अस्थायी राजधानी तोकेर अगाडि बढ्न सरकारलाई सुझाव दिएकी छन्। सोमबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको भेटमा राष्ट्रपतिले प्रदेशहरूको अस्थायी राजधानी तोक्न सुझाव दिएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।
भेटमा प्रदेश प्रमुखको नियुक्ति र माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनको विषयमा पनि छलफल भएको अधिकारीले जानकारी दिए। प्रधानमन्त्री देउवा प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकामको सम्बन्धमा जानकारी गराउन राष्ट्रपति भवन शीतलनिवास पुगेका थिए। यता सरकारले भने काठमाडौंमा नै बोलाएर प्रदेशसभा सदस्यको सपथग्रहण गर्ने तयारी गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *