पोखरा विमानस्थल ६ महिनाअगावै तयार हुन्छ : मन्त्री भट्टराई

दमौली, २१ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेशकुमार भट्टराईले पोखराको विमानस्थल निर्धारित समयभन्दा ६ महिना अगावै सञ्चालनमा ल्याउने बताएका छन् ।
काठमाडँैंमा रहेको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलले धान्न नसक्ने भएकाले भैरहवा, पोखरा र निजगढमा विमानस्थल निर्माणलाई तीव्रता दिइएको भन्दै उनले यस्तो बतएका हुन् । सोमबार मन्त्री भट्टराईले तनहु“को दमौलीका सुरु भएको महायज्ञको उद्घाटन गर्दै भने, ‘गौतमबुद्ध विमानस्थल सञ्चालनमा आउने तयारी भइसकेको छ । पोखरा विमानस्थलको काम तोकिएको समयभन्दा ६ महीना अगाडि नै सकिन्छ ।’ निर्माणाधीन विमानस्थलले नेपालको पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।
साथै, उनले गरिबी अन्त्य तथा सामाजिक न्यायसहितको समाजवाद निर्माण गर्नुपर्ने बेला आएकोे समेत बताए । मन्त्री भट्टराईले वैदेशिक व्यापार घाटा सन्तुलनमा ल्याउने, पूर्वाधार विकास, ऊर्जाको विकासमा जोड दिइएको भन्दै ऊर्जामा नेपाल आत्मनिर्भरताको बाटोमा अगाडि बढिसकेको बताए ।
दमौलीमा निर्माण गर्न लागिएको बेदव्यासको १०८ फिटको मूर्तिले धार्मिक पर्यटनमा भूमिका खेल्ने भएकाले आगामी बजेटमा सरकारका तर्फबाट पर्याप्त बजेट विनियोजन गरिने मन्त्री भट्टराईले प्रतिबद्धता व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *