पोखरामा अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता हुने

पोखरा । पोखरामा अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता हुने भएको छ । बगर भाइखलको आयोजनामा ४० वर्षमाथिको यो भेट्रान्स फुलबल प्रतियोगिता हुन लागेको हो । माघ २ गतेदेखि राष्ट्रिय उच्च माविको खेल मैदान टुँडिखेलमा हुने सातौं संस्करणको फुटबल प्रतियोगितामा देश–विदेशका १४ फुटबल टिम सहभागी हुने जानकारी आयोजकले दिएको छ ।
प्रतियोगितामा नेपालसँगै भारत, बंगलादेश, बेलायतलगायतका देशबाट समेत सहभागिता रहने प्रचारप्रसार संयोजक मानकाजी गुरुङले जानकारी दिए ।
‘छिमेकी राष्ट्र भारतको कोलकत्ताबाट दी युनाइटेड भेट्रान्सलगायत बंगलादेश, बगर भाइखलक युके, हङकङलगायतबाट पनि प्रतियोगितामा आउँदैछन्,’ प्रचारप्रसार संयोजक गुरुङले भने, ‘काठमाडौं, हेटौंडा, वीरगञ्ज, चितवन, बुटवल र पोखराका भेट्रान्स समूह पनि सहभागी हुनेछन् ।’
प्रतियोगितामा प्रथम हुने टिमले १ लाख रुपैयाँसँगै मेडल, ट्रफी र प्रमाण–पत्र प्राप्त गर्नेछ भने द्वितीय हुने समूहले ५० हजार रुपैयाँ, मेडल, ट्रफी र प्रमाण–पत्र पाउने छ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र हरेक खेलमा म्यान अफ दी म्याचलाई पुरस्कृत गरिने छ ।
प्रतियोगिता सम्पन्न गर्न विभिन्न समिति तथा उपसमिति पनि गठन गरिएको छ । प्रतियोगीताको मुख्य संयोजकमा संस्थाका अध्यक्ष दिलबहादुर गुरुङ र सहसंयोजकमा उपाध्यक्ष तेजबहादुर गुरुङ छन् । त्यसैगरी आर्थिक संयोजकमा ईश्वर गुरुङ, प्राविधिक अनुशासन तथा न्यायिक समितिमा दिनेश श्रेष्ठ, टिम, पुरस्कार र प्रमाण–पत्र व्यवस्थापनमा चन्द्र (ईश्वर) गुरुङ, सचिवालयमा यामबहादुर गुरुङ, युवा तथा स्वयंसेवक परिचालनमा सन्तोष गुरुङ (धन) सुरक्षामा व्यवस्थापनमा नारायण शर्मालाई नेतृत्व दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe To Our Newsletter